संसद छलेर पाँच अध्यादेश जारी, दुई साता पछि डाकियो हिँउदे अधिवेशन

सरकारले संघीय संसदको हिँउदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको क्याविनेट बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिस गरेको हो ।
सरकारले गत वर्षभन्दा डेढ महिना ढिलो संसद्को हिउँदे अधिवेशन बोलाउन लागेको हो । संसद्को वर्षे अधिवेशन भदौ ३० गते अन्त्य भएको थियो। त्यसपछि बल्ल नयाँ अधिवेशन बोलाउने निर्णय भएको हो।

बिज्ञापन

यसअघि संसद् अधिवेशन नबोलाई सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ ।सरकारले हालै विभिन्न अध्यादेश ल्याएपछि विपक्षी दलहरुले लोकतन्त्र र जननिर्वाचित संसदको उपहास भएको भन्दै आपत्ति जनाएका थिए ।

बिज्ञापन

यही अधिवेशनबाट विगत नौ बर्षदेखि अलपत्र परेको संघीय निजामती सेवा विद्येयक र शिक्षा विद्येयक लगायतका महत्वपूर्ण विधेयकलाई टुंग्याउने गरी सरकारी पक्षले दावी गर्दै आएका छन् ।

यता संसद छलेर सरकारले गत २९ पुसमा चारवटा र २ माघमा एउटा गरी पाँच वटा अध्यादेश जारी भएको छ । जसमा सुशासन प्रवर्दन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश , आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत ३१ वटा कानुन परिमार्जन भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

बिशेष