सरकारले संघीय संसदको हिँउदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको क्याविनेट बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिस गरेको हो ।
सरकारले गत वर्षभन्दा डेढ महिना ढिलो संसद्को हिउँदे अधिवेशन बोलाउन लागेको हो । संसद्को वर्षे अधिवेशन भदौ ३० गते अन्त्य भएको थियो। त्यसपछि बल्ल नयाँ अधिवेशन बोलाउने निर्णय भएको हो।
बिज्ञापन
यसअघि संसद् अधिवेशन नबोलाई सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ ।सरकारले हालै विभिन्न अध्यादेश ल्याएपछि विपक्षी दलहरुले लोकतन्त्र र जननिर्वाचित संसदको उपहास भएको भन्दै आपत्ति जनाएका थिए ।
बिज्ञापन
यही अधिवेशनबाट विगत नौ बर्षदेखि अलपत्र परेको संघीय निजामती सेवा विद्येयक र शिक्षा विद्येयक लगायतका महत्वपूर्ण विधेयकलाई टुंग्याउने गरी सरकारी पक्षले दावी गर्दै आएका छन् ।
यता संसद छलेर सरकारले गत २९ पुसमा चारवटा र २ माघमा एउटा गरी पाँच वटा अध्यादेश जारी भएको छ । जसमा सुशासन प्रवर्दन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश , आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत ३१ वटा कानुन परिमार्जन भएको छ ।