तत्कालीन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना गाविस सचिवविरुद्ध झण्डै साढे ३८ लाखको भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुरको स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा सो भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

पदमा रहँदा उनले विभिन्न आर्थिक वर्षमा गाविसका लागि विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको उजुरी परेपछि भएको अनुसन्धानका क्रममा अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

अन्सारीले भाडा लगाउन अपनाइएको विधि पारदर्शी भएको भनी यकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको रु३८,३०,५०० खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले सोही बराबरको रकम बिगोसहित कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष