एकै पटक ५८ जना अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले प्रशासन सेवातर्फका ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
समितिले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट ४०,नेपाल प्रशासन सेवा,लेखा समूहका ११ र नेपाल प्रशासन सेवा राजश्व समूहतर्फबाट ७ गरी ५८ जना अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुलाई कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । शत प्रतिशत अंक सहित ती अधिकृतहरु बढुवाका लागि सिफारिस भएका छन् ।