भेप गोदाममा राजश्वको छापा, करोडौंकौ अबैध भेप बरामद

राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो संख्यामा अवैध इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको छ । अस्ति मंगलबार विभागले उक्त गोदाममा छापा हानेर करोडौं मूल्य बराबरको भेप बरामद गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । राजश्वले उक्त उक्त गोदामबाट पाँच सय कार्टुन भेप बरामद गरेको हो ती कार्टुनमा १ लाख भन्दा बढी परिणाको भेप बरामद गरेको जनाएको छ ।

बिज्ञापन

इन्टरनल सुराकीको आधारमा इमाडोलस्थित उक्त गोदामबाट ठूलो परिणामा भेप बरामद गरिएको हो । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाको रहेको राजश्व स्रोतको भनाई छ ।

बिज्ञापन

उक्त अवैद्य भेपको धरौटीमात्र १८ करोड बढी पर्ने राजश्वका अधिकारीहरुले हिसाब किताब निकालेका छन् । भेपको अहिले न्यूनतम मूल्य पाँच डलर न्यूनतम राखेर त्यसमा भन्सार महसुल ४० प्रतिशत,२० प्रतिशत थप भन्सार महसुल,अन्तशुल्क ४० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा झण्डै प्रति पिस १७ सय ४० पर्ने देखिन्छ । एक लाख पिसको मूल्य झण्डै १७ करोड ४० लाख बढी पर्ने अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय रसुवा नाका हुँदै उक्त भेप ल्याइएको राजश्वका अधिकारीहरुले जनाएका छन् । भेप तस्करी गर्दै ल्याएर इमाडोलस्थित गोदाममा लुकाउँदै आएका सिल्क ट्रान्सपोर्टका सञ्चालकलाई काँग्रेसी नेताहरुको आड र भरोसा रहेको उनी निकटका व्यवसायीहरुले बताएका छन् । कतिसम्म भनिन्छ भने तातोपानी भन्सारको त साँचो नै आफैंले राख्ने गरेको आरोप छ । गोदाममा छापा मारेसँगै शेर्पा भने फरार भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष