हिजो साँझ बढुवा,आज सम्हाले कार्यभार

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा भएका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । क्याविनेटबाट हिजो बढुवा भएका उनले आजै औपचारिक रुपमा सचिवको कार्यभार सम्हालेका छन् ।

बिज्ञापन

यस अघि सचिव पदमा कार्यरत सेवा लम्साललाई गत मंसिर सातमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारेर उनलाई कामू सचिवको जिम्मेवारी दिइएकोमा हिजोको क्याविनेटले राईलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन भइसकेको छ । राई यस अघि मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेतको जिम्मेवारी निर्वाह गरिरहेका थिए । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

मन्त्रालयमा सचिव हुने लाइनमा अमृतबहादुर राई, कृष्णप्रसाद ढकाल र निर्मलराज काफ्ले रहेका छन् । यी मध्य राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।सरकारले उनैलाई कामू हुँदै सचिवमा बढुवा गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष