सब इञ्जिनियर सेवाबाटै बर्खास्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले सडक विभागमातहत कार्यरत एक सब इञ्जिनियरलाई सेवाबाट बर्खास्त गरेको जनाएको छ । विभागले एक सूचना प्रकाशित गर्दै सब इञ्जिनियर पवन भट्टराई सेवाबाट बर्खास्त गरेको जनाएको हो ।

बिज्ञापन

बिज्ञापन

भट्टराई सडक विभाग मातहत रहेकोसडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पदमा कार्यरत थिए । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्र अनकिंत प्रथम श्रेणी (प्राविधिक) तर्फका सब इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा हटाइएको जनाइएको छ ।

सूचनामा भनिएको छ,इन्जिनियर पवन भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर र सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको छ । उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष