रसुवा भन्सारबाट जुत्ता तस्करी :- अधिकृत बास्तोलालाई जोगाउन को- को सक्रिय ?

भन्सार विभागले बदमासीमा जोडिएका कर्मचारीलाई जोगाइएको भेटिएको छ । गत मंसिर पहिलो साता राजस्व अनुसन्धान विभागले रसुवा भन्सारबाट जाँचपास भई छुटेको कन्टेनरमा घोषणा गरेको सामानभन्दा फरक सामान फेला पर्यो । मसिर २ गते रसुवा भन्सारबाट पास भएको कन्टेनरमा सुटकेशको प्रज्ञापनपत्र बनाएर ३२ सय जोर व्राण्डेड जुत्ता पास गराएको थियो । व्यवसायी बुद्ध लामाको वजन इन्टरप्राइजेजबाट आयात उक्त कन्टेनरशमा सुटकेशको प्रज्ञापन पत्र बनाएर ब्राण्डेट जुत्ता पास गराइएको भेटिएको हो । सो जुत्ता ४५ डलर अर्थात प्रति जुत्ताको नेपाली मूल्य ६ हजार ७५ रुपैंया पर्न आउँछ । ३२ सय जोडा जुत्ताकोे बिगोमात्र १ करोड ९४ लाख ४० हजार,त्यसमा ३० प्रतिशत भन्सार,१३ प्रतिशत कर समेत जोड्दा ९१ लाख ३६ हजार ८ सय र बिगो २ करोड ८५ लाख ७८ हजार ८ सय हुन आउँछ । बिगो,जरिवाना समेत गर्दा झण्डै ५ करोड ११ लाख ५३ हजार रकम हुने आउने बताइएको छ । अहिले राजश्वले बुद्धलाई नियन्त्रणमा लिएको छ भने यो प्रकरणमा जोडिएका जाँचकीसहित ४ कर्मचारी विभागमा तानिएका छन् । यसरी विभागमा तानिएका कर्मचारीहरुमा अधिकृतहरु हंस रावल,शिवओम श्रेष्ठ,नगेन्द्र जैसी र नायबसुब्बा लोकबहादुर बिष्ट रहेका छन् ।

बिज्ञापन

यो प्रकरणमा जोडिएका मुख्य पात्रलाई भने अर्थ मन्त्रालय,भन्सार विभाग र कर्मचारी नेताहरुले संरक्षण गरेको आरोप भन्सारकै कर्मचारीहरुले लगाउने गरेका छन् । जसरी यस अगाडि ८० साल मंसिरमा रामप्रसाद पाठक (राप्रपा) त्यहाँका हाकिम हुँदा भेप तस्करी भएको थियो उक्त समयमा हाकिमलाई जोगाएर तल्ला तहका कर्मचारीलाई मात्र कारवाही गरिएको थियो अहिले पनि उसैगरी त्यहाँका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईदेखि भन्सारका डन कर्मचारीका रुपमा परिचित लक्ष्मण बास्तोलामाथि कुनै कुनै एक्सन लिएको छैन । बास्तोलालाई यो प्रकरणमा जोगाउन अहिले केही व्यापारी र कर्मचारी ट्रेड युनियनवालाहरु नै लागिरहेको भन्सार विभाग स्रोतले जनाएको छ ।रसुवा भन्सारमा अहिले ६ जना अधिकृतको दरबन्दी रहेको छ । रविन्द्र प्याकुरेल,लक्ष्मण बास्तोला,नवराज चौलागाई,भन्सार विभागमा तानिएका हंश रावल,शिव ओम श्रेष्ठ । यीमध्ये सबैभन्दा बढी चल्तापूर्ता क्यारिङ व्यवसायीहरुसँग एकदमै घनिष्ट सम्बन्ध भएका कर्मचारी हुन बास्तोला ।

बिज्ञापन

रसुवा नाका हुँदै ३० भन्दा बढी व्यापारीहरुले सामान नेपाल भित्र्याउँदै आएका छन् । जसमध्येका हुन मोहन बस्नेतका नातेदार बुद्धराज बस्नेत र अर्को काँग्रेसका व्यापारिक पार्टनरसमेत रहेका माओवादी निकटका व्यापारी ईश्वर गुभाजु लगायतका,यस अघि कार्यालय सहयोगी रहेका नव धनाढ्य नवराज तिमिल्सिना (होमबहादुर) दिपेश चालिसे,उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमृत कार्कीहरुसँग उनको विशेष साँठगाँठ रहेको भन्सारका कर्मचारीहरु नै बताउँछन् । यीनै व्यापारी र कर्मचारीका नेताहरुको संरक्षण पाएका लक्ष्मणले जुत्ता तस्करी प्रकरणमा अरु कर्मचारीलाई डामेर आफू भने पानीमाथिको ओभानो बन्न चलखेल गरिरहेको छन्,रसुवा भन्सार कार्यालयकै एक अधिकृत भन्दछन ।

जागिरे जीवनको लामो कालखण्ड तातोपानी भन्सारमा बसेका बास्तोला अख्तियारमा दीप बस्नेत प्रमुख हुँदा उनको सचिवालयमा कार्यरत थिए । करिब तीन बर्ष रसुवा भन्सारमा दरबन्दी राखेर अख्तियारमा बस्दा कर्मचारीदेखि व्यवसायीहरुलाई त्राहीमाम बनाएको खबर बाहिरिएको थियो । यी यावत बिषयमा बुझ्नका लागि बास्तोलालाई कर्मचारी प्रेसले पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

बिज्ञापन

पछि उनी सेटिङ मिलाएर रसुवा भन्सार पुगेका हुन गत जेठमा । जबकी सो समयमा कर्मचारी सरुवा गर्न मिल्दैन थियो । सरकार परिवर्तनको मुखमा उनलाई विभागका तत्कालीन महानिर्देशक ढुण्डी निरौलाले रसुवा भन्सारमा खटाएका थिए । त्यही कारण उनलाई अर्थ सचिवले मन्त्रालयमै बोलाएर हकारेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष