डिआइजीलाई अल्टिमेटमः- सर्लाही र सिराहाको घटनाबारे सोधपुछ

सशस्त्र प्रहरी बलको मधेश प्रदेश (छिन्नमस्ता बाहिनी)का डीआईजी कालीदास धौबजीलाई काठमाडौं बोलाएर १५ दिनको अल्टिमेटम दिइएको छ । ८ महिनाअघि गएको बैशाख १८ मा मधेश प्रदेशमा सरुवा भएका धौबजीलाई सर्लाही र सिराहको घट्नालाई लिएर काठमाडौ बोलाएर तस्करी रोक्न १५ दिने अल्टिमेट दिइएको छ ।

बिज्ञापन

गएको मंसिर १६ गते तस्करीको मदिरा बोकेको गाडीले सिरहाको बडहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई)लक्ष्मणप्रसाद यादवलाई किचेर मारेको थियो । गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । सिरहाबाट मदिराको तस्करी ब्यापक हुँदैआएको र बाहिनीमै सेटिङ गरी तस्करी गर्दैआएका थिए । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजीले मदिरा तस्करी नरोक्न दबाब दिएको कारण दुर्घटना भएको भन्दै सशस्त्र प्रहरीमा गुनासो आएपछि धौबजीलाई झिकाइएको थियो ।

बिज्ञापन

मधेश प्रदेशअन्तर्गतका जिल्लाबाट तस्करी बढेको र राजस्व असुलीमा असर परेको सूचनाका आधारमा धनुषा, बाराका गण र गुल्मदेखि बीओपीको इन्चार्जहरु पनि छानबिनका लागि तानिएका थिए ।सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह र ८ नम्बर गण धनुषाका दर्शन गिरी तानिएका छन् । तस्करी बढेको ब्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् ।महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा पनि तानिएका छन् । मदिरा तस्करी रोक्न खोज्दा सईलाई भारतीय नम्बरको गाडीले किचेर मारेको थियो । मदिरा तस्करहरुको कनेक्सन बाहिनीपतिसम्म रहेकाले उनलाई छानबिनका लागि तानिएको स्रोत बताउँछ ।

सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ । मङ्गलबार राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) अगाडिको सडकमा बसेर फोनमा कुरा गरिरहेका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई छतौनाबाट बलराका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको लोकल बसले किच्दा यादवलाई किचेर मारेको विषयमा बुझ्न भन्दै धौबजीलाई काठमाडौ बोलाएर तस्करी रोक्न १५ दिने अल्टिमेट दिइएको स्रोतले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष