एमालेलाई जग्गा दान दिने भाटभेटनीका सञ्चालक ४ अर्ब ३६ करोड कर छलीमा दोषी ठहर

व्यवसायीहरु आफ्नो कर्तुत लुकाउन कसरी दलको खोल ओड्छन्,पछिल्ला यी उदाहरण हेरौं । हालैमात्र एमालेलाई जग्गा दान दिएर चर्चा र विवादमा तानिएका ‘दानवीर’ मीनबहादुर गुरुङ्ग । देशकै मुटु वालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका यिनै दानवीरले पछिल्ला तीन बर्षमा चार अर्ब कर छली गरेको देखिएको छ । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सविरुद्ध ठूला करदाता कार्यालय हरिहरभवन ललितपुरले हालेको मुद्दा सर्वोच्च अदालतबाट हारेसँगै भाटभटेनीले ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने भएको छ ।

बिज्ञापन

बिज्ञापन

सर्वाेच्च अदालतले हालैमात्र तल्लो अदालतको निर्णय सदर गरेसँगै अब दानवीर गुरुङ्गलाई चार अर्ब ३५ करोड चुना लाग्ने भएको हो । भाटभेटनीले ९०० वटा आपूर्तिकर्तामध्ये १५२ वटाबाट नक्कली कारोवार गरेको देखिएको थियो । भाटभटेनीले कारोबार गरेकामध्ये विवादित देखिएका १ सय ५२ वटा फर्म थिए । ती सबैबाट वस्तु वा सेवा नलिई बिलबीजक मात्रै लिएकाले नक्कली कारोबार ठहर भएको थियो । त्यतिबेला २० करोड ९० लाख रुपैयाँ करयोग्य आयको घोषणा भएको थियो ।कर प्रशासनले भाटभटेनीमाथि २०६४ देखि ०६७ सम्म २२ करोड ६७ लाखको भ्याट छली आरोपमा संशोधित कर निर्धारण गरेको थियो । यसरी नक्कली विल विजकबाट कारोवार गर्दै राजश्व मार्दै आएका गुरुङ्गले अब सर्वाेच्च आदेशसँगै ४ अर्ब ३५ करोड तिर्नुपर्ने भनेको हो ।

उता काँग्रेसको खोल ओढेर बदमासी गर्दै आएका विनोद चौधरीलाई अदालतले झड्का हानेको छ । चौधरी समूहअन्तर्गतको सीजी ब्रुअरी,वाइवाई चाउचाउ, सीजी मोटर्स किङलङले कर छली गरेको पाइएसँगै अदालतले थप कर निर्धारण गरेको छ । ठूला करदता कार्यालयले सीजी ब्रुअरीको २०७२/७३, २०७३/७४ र २०७६/७७ मा करछली गरेको फेला पारेको हो । २०७२/०७३ मा २८ लाख ८८ हजार १ सय रुपैयाँ, २०७३/०७४ मा ४५ लाख ६३ हजार ६ सय ९९ रुपैयाँ र २०७६/०७७ मा ५३ लाख २ हजार १० रुपैयाँ आयकर र आर्थिक वर्ष २०७६/०७७ मा १९ लाख ६९ लाख ८ सय ८२ रुपैयाँ अग्रिम करकट्टी शीर्षकमा छली भएको ठहर गरेको थियो । यस्तै २०७७/०७८ मा सीजी फुड्स इण्डष्ट्रिज प्रालिले आयकर छली गरेको भन्दै मध्यमस्तरीय करदाता कार्यालयले थप कर निर्धारण गरेको थियो। कार्यालयले १ करोड २३ लाख ४३ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । यस्का अलवा गत बर्ष चौधरी समूहकै सीजी मोटर्सले चीनबाट विद्युतीय भ्यान आयात गर्दा बारम्बार करछली गर्दै आएको पाइएको हो। ९ सिट क्षमताको विद्युतीय भ्यानलाई ११ सिट भनेर कम कर तिरेर आयात गरेको पाइएपछि भन्सार विभागको समन्वयमा रसुवा भन्सार कार्यालयले सीजी मोटर्सलाई छली भएको कर र जरिवानासहित रकम तिर्न आउन पत्राचार गरेको छ ।

बिज्ञापन

उता पछिल्लो समय चन्द्र ढकाल पनि यही खेलोमेलोमा छन् ।  केही प्रशासकहरुलाई हातमा लिएर चन्द्र ढकाल राज्य दोहनमा सक्रिय छन् । उनले कौडीका भाउमा सरकारी जग्गा हत्याएर देशका सात सात स्थानमा केवलकार चलाइरहेका छन् । त्यसका अलवा उनी सञ्चालक रहेको डिस होम,आइएमइ मोर्टस लगायतका कम्पनीले मीनबहादुर र विनोद चौधरीले झैं कर छली गरिरहेको बिषय यस अगाडि नै बाहिरिएको भए पनि सत्ता र शक्ति दाहिना हुँदा उनलाई राज्यले केही गर्न सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष