बरण्डाका २ सहसचिव बाहिर खटाइँदा ४ जिल्लाका सिडियो गृहमा तानिए

गृह मन्त्रालयले १० सहसचिव र २ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले सोमवार गरेको सरुवा अनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरी पठाएको छ ।
यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा तानिएको छ । गृहमा रहेका गोगन बहादुर हमाल कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । यस्तै,ललितपुरबाट तानिएर गृहको बरण्डामा रहेका तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीको सिडीओ बनाएर खटाइएको छ ।

बिज्ञापन

मोरङका प्रमुख जिल्ला अधिकारी रहेका प्रेम प्रसाद भट्टराई र झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला,काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानिएका छन् । चितवनबाट तानेर मन्त्रालयको अतिरिक्तमा थन्काइएका इन्द्रदेव यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
यस्तै गोपाल अधिकारीलाई सर्लाहीबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा ऋृषिराम तिवारीलाई खटाइएको छ ।
यस्तै गृहले जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा तानिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको भोलिपल्टै गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेका दुई सहसचिवलाई जिम्मेवारी दिएर पठाएको हो ।लामोसमयदेखि बरण्डामा रहेका २ सहसचिवको व्यवस्थापन गरिँदा चार जिल्लाका सिडियो गृहमा भित्रिएका छन् । गृहका अतिरिक्त समूहमा १९ उपसचिव, ४ सहसचिव रहेकामध्ये २ सहसचिवलाई जिम्मेवारी दिएर खटाइँदा ४ सहसचिव र एक उपसचिव गृहमा तानिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष