कलेज टपर सुब्बासहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा

नासु सहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका टिआइए भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायरगरिएको हो ।

बिज्ञापन

सुन तस्करी प्रकरणमा जोडिएर अहिले प्रहरीको खोरमा पुगेका भन्सारका सुब्बाको प्रेमिकाको खातामा ३० लाख रकम भेटिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका थिए । नासु रेवन्त खड्काले विद्युतीय चुरोटभित्र राखेर सुन तस्करी ९ किलो सुन तस्करी गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० पुस २०७९ मा बरामद गरेको विद्युतीय चुरोटभित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्काले उक्त सुन विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए । सुन बाहिर लगेर उनीहरुले अर्कै ब्राण्डको इ–सिगरेट राखिदिएका थिए । नासु खड्काले सुन चोरी गर्न सघाए वापत विचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएको ३० लाख रुपैयाँ प्रेमिकाको कृषि विकास बैंक र बैंक अफ काठमाडौंको खातामा जम्मा गरिएको भेटिएको थियो ।

बिज्ञापन

खड्का घुस खानमा झैं पढाईमा अब्बल थिए । १९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत रहँदा रहँदै उनी सुन तस्करीमा डामिएका थिए । सात वर्षअघि राजस्व समूहतर्फ नायव सुब्बामा नाम निकालेका उनलाई छिटो धनी हुने र काठमाडौंमा घर घडेरी जोड्ने चाहनाले उनलाई प्रहरीको खोरमा पुगेका उनी माथि सम्पत्ति शुद्धीकरणको मुद्धा समेत लागेको हो । निकै घमण्डी कर्मचारीको रुपमा चिनिएका २५ बर्षीय खड्का त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पुग्नभन्दा पहिला राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालयमा कार्यरत थिए । अर्थमन्त्रलयले खड्कालाई कपिलबस्तु भन्सार कार्यलयमा सरुवा गरेको भए पनि सेटिङ मिलाएर त्रिभुवन भन्सार कार्यालयमा पुगेका थिए । ०७९ माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जसमा भन्सारका नासु खड्कासहित उक्त सुन प्रकरणमा जोडिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापा छन् । उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्र्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

बिज्ञापन

यसअघि उनीहरूविरुद्ध सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । गत १६ भदौमा यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यस्तै, वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष