निजामती सेवा प्रवेश तीन बर्षले घटाउन लोकसेवाको लिखित सुझाव

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवामा प्रवेश विद्यमान व्यवस्थाभन्दा तीन बर्षले घटानउन लिखित सुझाव दिएका छन् । उनले पुरुषको र महिलाको हकमा निजामती सेवामा प्रवेश गर्ने सीमा तीन तीन बर्षले घटाउन प्रस्ताव गरेका हुन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने लिखित सुझाव दिएका हुन् ।

बिज्ञापन

हाल उम्मेदवार हुन पाउने उमेर हद पुरुषको हकमा अधिकतम ३५ वर्ष र महिलाको हकमा ४० वर्ष रहेको छ । हाल निजामती सेवा ऐनको दफा १० को ‘ग’ मा निजामती सेवामा प्रवेश लागि पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म उम्मेदवार बन्न पाउने व्यवस्था छ । तर, प्रस्तावित विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष कटेपछि लोकसेवामा प्रतिस्पर्धा गर्न नपाउने प्रस्ताव गरिएको छ ।

बिज्ञापन

प्रस्तावित विधेयकको विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ । पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा छ ।

आयोगका अध्यक्ष रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउने उनको प्रस्ताव छ ।

बिज्ञापन

यो विधेयक यही रुपमा पारित भएमा अब पहिलेको भन्दा तीन वर्ष कम उमेरका व्यक्तिले मात्रै लोकसेवाको परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष