शत प्रतिशत अंकसहित १८ उपसचिव सहसचिव बढुवा सिफारिस

१८ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले
नेपाल प्रशासन सेवाका १८ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

निजामती सेवा ऐन २०४९ को दफा २० (४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।
बढुवाका लागि सिफारिस भएका कर्मचारीहरुमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय गौतम, मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही रहेका छन् ।
उनीहरु सबै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । ती कर्मचारीहरुले शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् । के कार्यसम्पादन अब्बल भएरै हो त ? ती कर्मचारीहरुले कासमूमा शत प्रतिशत अंक पाउन सफल भएको ? यसरी दिइने कासमू नम्बर कतिको वैज्ञानिक छ ? सरकारी कर्मचारीहरु नै कार्यसम्पादन मूल्यांकन गर्ने विद्यमान परिपाटीप्रति सन्तृष्ट छैनन् ।

बिज्ञापन

कर्मचारीहरुको शैक्षिक योग्यता,तालिम,जेष्ठता,भौगोलिक क्षेत्रका आधारमा नम्बर दिँइदै आएको छ र यही आधारमा उनीहरु बढुवा हुँदै आएका छन् । कासमू कार्यालयका सुपरीवेक्षक, विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरेर कासमू अंक दिने गरिन्छ । यो विद्यमान मूल्याकन परिपाटी वैज्ञानिक नभएको कर्मचारीहरु नै टिप्पणी गर्दछन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष