राजश्वको चाल :-राज्य कंगाल, सीमित ब्यवसायी र कर्मचारी मालामाल

व्यापारीकै इच्छा अनुसार कर्मचारी कसरी ठाउँ ठाउँमा फिट गराइन्छ र स्वार्थ अनुकुल काम तमाम पारिन्छ,एउटा उदाहरण हेरौं :-
रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीको ‘माल’खाएर एउटा बदनाम उपसचिवलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा लगिएको चर्चा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर व्यापक सुन्न पाइन्छ । यस्को चाँजोपाँचो चाहिँ पूर्व नासु रघुनाथ घिमिरेले मिलाएका हुन भनिन्छ । घिमिरे तिनै पात्र हुन, जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराती मन्त्रालयमा छिरेर बजेटमा करका दर हेरफेर गरेका थिए । अहिले रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीसँग नजिक रहेर काम गरिरहेका उनैले विवेक घिमिरेलाई घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट रुपन्देही पु¥याउने काम गरेका हुन । विवेक अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । वालुवाटारकै भिटो लगाएर उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगे । त्यहाँ छायाँमन्त्रीकै रुपमा काम गर्ने,कर्मचारी चलाउने धन्दामा लाग्दा बदनामीमा मुछिए पछि मन्त्री भण्डारीले उनलाई सामान्यमा सारे । त्यहाँबाट प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग हुँदै बुटबलमा लगिएको छ,उनलाई । स्रोतका अनुसार, विवेक त्यहाँ बसुञ्जेल मालपानीलाई छुन नपाइने शर्त छ । सोही अनुसार मालपानीको तर्फबाट कुस्त लगानी भएको स्रोतको दावा छ ।

बिज्ञापन

यस्तै अर्काे विवादित व्यवसायी पशुपती लाठको नाममा बाबा इम्पेक्स,शिखा ट्रेडर्स सहितका तीन वटा फर्म सञ्चालनमा । अहिले उपनिर्देशक विसीले उनै लाठमार्फत न्यूरोडका मारवाडी व्यपारी र घरानालाई आतकित पार्ने गरेको व्यवसायीहरुको आरोप छ । राजश्व अनुसन्धानका छाँया डिजीका रुपमा परिचित राजन बिसी बदनाम कर्मचारी हुन । यस अघि पथलैयामा हुँदा नै अख्तियरले अकुतमा डामेका थियो । पछि मिलाए । उनले अहिले न्यूरोडका व्यवसायीलाई त्राहीमाम बनाउदै आएको आरोप छ । उनले विभागकोृ २ नम्बर,३ नम्बर पिल्लर र यस अघि आफू बसिसकेको पथलैया र बुटबल हेर्दै आएका छन् । सुन,भेप र लक्जरी लगायतका महत्वपूर्ण सामानहरु उनैले हेर्दै आएका छन् ।

बिज्ञापन

राजश्व अनुसन्धानमा हैकम चलाउने अर्काे व्यवसायी हुन,दिपेश चालिसे । उनी सिन्धुपाल्चोकका हुन । दीपक मलहोत्राको अघोतिष पाटर्नर हुन उनी । ड्रोन,भेप, लाइटरको मुख्य काम गर्दै आएका उनले एयपोर्टको सबै ठेक्का लिएका छन् । करोडौं मूल्यको गाडी चढेर हैसियत यहीबाट बनाएको व्यवसायीहरु बताउँछन् ।
यस्तै विवादित व्यवसायी रमेश शेर्पा सिल्क ट्रान्पोर्टका बदमासीमा समेत विभागले आँखा चिम्लदै आएको छ । यस्तै त्यहीका चल्तापूर्ता हुन,नवराज तिमिल्सिना,जो सामान्य पृष्टभूमिका हुन । कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनले रसुवा, सिन्धुपाल्चोकको ठेक्का लिएका छिन् । उनको देखाउने व्यवसाय चाहिँ कालिज फार्म हो । कपनमा अहिले जग्गा जमिन जोडेका उनी गत निर्वाचनमा स्थानीय तहमा उठेर पराजीत भएका थिए । क्यारीङ ब्याबसायी हुन अरुण सावर्थीया उनको न्यूरोडमा व्यवसाय छ ।

पछिल्लो समय जुन क्षेत्रको तस्कर छ्न उनै तस्कर प्रयोग गरेर सुराकी प्रयोग गरेर ब्यापारीहरुलाइ तर्साउने काम हुँदै आएका छन ।
सोही विभागको चार नम्बर पिल्लरले हात हालेको अर्को केस विवादित बन्न पुगेको छ । सो पिल्लरका हर्ताकर्ता छन् मणिराम पौडेल । दुई पटकसम्म भैरहवा भन्सारमा बसेका उनी पछिल्लो पटक काजु काण्डमा मुछिएर त्रिवि एयरपोर्ट भन्सारमा तानिएका हुन । त्यहाँबाट पुल्चोकस्थित राजश्व अनुसन्धान विभाग पुगेका उनैले अहिले व्यापारी बुद्ध लामाको केश हेरिरहेका छन् । गत २ मसिरमा रसुवा भन्सारबाट पास भएको कन्टेनरमा सुटकेशको प्रज्ञापनपत्र बनाएर ३२ सय जोर व्राण्डेड जुत्ता पास गराएको थियो । यही प्रकरणमा अहिले राजश्वले बुद्ध लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार, ब्राण्डेट जुत्ताको मूल्य ४५ डलर अर्थात प्रति जुत्ताको नेपाली मूल्य ६ हजार ७५ रुपैंया पर्न आउँछ । ३२ सय जोडा जुत्ताकोे बिगोमात्र १ करोड ९४ लाख ४० हजार,त्यसमा ३० प्रतिशत भन्सार,१३ प्रतिशत कर समेत जोड्दा ९१ लाख ३६ हजार ८ सय र बिगो २ करोड ८५ लाख ७८ हजार ८ सय हुन आउँछ । बिगो,जरिवाना समेत गर्दा झण्डै ५ करोड ११ लाख ५३ हजार रकम हुने आउने बताइएको छ । लामाको वजन इन्टरप्राइजेजबाट आयात भएको सामानमा ५ करोड बढी राजश्व गोलमाल भएको छ । अहिले उनै मणिले केही करोड लिएर उनलाई उम्काउने खेलो मेलो चल्दैछ ।

बिज्ञापन

पछिल्लो समय राजश्व अनुसन्धान विभागबाट छानी छानी काँग्रेस र माओवादीका कर्मचारीहरु लखेटिने सिलसिला जारी छ । ६ नम्बर पिल्लर हेर्दै आएका दिनेश शिवाकोटी ६ महिनामै लखेटिए । विकास रिजाल पथलैयामा थिए तीन महिनामै लखेटिए । सात नम्बर पिल्लर हेर्ने मंगल बिष्ट,पाँच महिनामै लखेटिए कारण माओवादी हुनु । त्यहाँबाट छानीछानी काँग्रेस र माओवादीका कर्मचारी लखेटिदै छन् । अन्य काँग्रेस माओवादी निकट कर्मचारी सरुवाको सूची सामान्यका उपसचिव कमल भट्टराईमार्फत सरुवाको काम तमाम गराइदै आएको बताइन्छ ।

केही महिना अगाडि मात्र उपसचिव बनेकी कृष्णकुमारी श्रेष्ठलाई राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक छिन,पद छ तर उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बैठकमा मुख्यसचिव अर्यालका १०५ निर्देशन,कार्यान्वयनमा उदासीन

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

बिशेष