कर्मचारीहरूले पैसा पानी ट्याङ्की र जमिनमुनि राखेका छन् : वरिष्ठ अधिवक्ता त्रिपाठी

नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् ।  उनले भ्रष्ट नेताहरु र कर्मचारीहरुले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे । भ्रष्ट नेता र कर्मचारीहरुको घरमा छापा मारेर उनीहरुको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ ।

बिज्ञापन

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गरेर कमाएका नेता र कर्मचारीहरुको सम्पत्ति जफत गरिएको खण्डमा नेपालले विदेशीबाट आर्थिक सहायता नै लिन नपर्ने बताए । ‘जतिपनि नेताहरु छन्, कर्मचारीहरु छन्, सबैको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरुको घरमा छापा मारिनुपर्छ । कसैले पैसा ट्याङ्कीमा लगाएको छ, कसैले माटोमुनि गाडेर राखेको छ । ती सबै पैसा जफत भयो भने नेपाललाई कुनै विदेशी सहायता चाहिँदैन,’– उनले भने ।

बिज्ञापन

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने उनको माग छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त पैसाको कहीँ न कहीँ खोजविन हुनुपर्ने बताए । उनले मान्छेलाई थुनेरमात्रै नहुने र आरोपित छानविनको दायरामा पनि आउनुपर्ने बताए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष