दुई बर्षदेखि रोकिएको विभूषण फेरि बाढ्ने सरकारको तयारी

सरकारले फेरि विभूषण वितरण गर्नका लागि तयारी थालेको छ। विभूषण वितरणमा विकृती आएको भन्दै प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले रोकेको विभूषण ओली सरकारको समयमा फेरि बाढिन लागेको हो ।
पछिल्लो दुई वर्षदेखि रोकिएको विभूषण फेरि वाडिन लागेको हो । मंसिर दोश्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण वाड्नका लागि डा लवदेव अवस्थी , गोपीनाथ मैनाली, उमेशराज जोशी, सुरेन्द्रकुमार झा र योगेन्द्र गुरुङ र शर्मिला कार्कीलाई विभूषण समितिको सदस्य तोकेको छ। उक्त समितिले विभूषण बाँड्न सिफारिस गरेको छ।

बिज्ञापन

यही १० पुसमा बसेको विभुषण सिफारिस समितिले विभूषण सिफारिस कार्यविधि तथा एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ लाई संशोधन गरेर फेरि विभूषण बाढ्ने तयारी गरेको हो । पछिल्लो समय विभूषण बदनाम भएसँगै बहिष्कार गर्नेहरू बढ्दै थिए।

बिज्ञापन

०६७ सालमा २६९, ०६९ सालमा १६४, ०७० सालमा १८९ जनालाई वितरण गरिएको तक्मा ०७५ सालमा ५१८, ०७६ सालमा ६३३ लाई दिइएको थियो । ०७७ सालमा आएर ५९४ लाई बाँडिएको थियो यो विभूषण बढाएर ७८ मा ९ सयभन्दा बढीलाई विभूषण दिइएको थियो । जबकि गृहले मापदण्ड बनाएर २ सयभन्दा बढीलाई तक्मा नदिने नीति अख्तियार गरेको थियो ।
यसरी मनलाग्दी रुपमा विभूषण बाढिएसँगै बहिष्कार गर्नेहरूको संख्या बढ्दै छ । पशुपति शर्मा, महजोडी, शिव गाउँले, झलक सुवेदीझैं वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ, नीलकण्ठ उप्रेतीलगायत झण्डै तीन सयले तक्मा बहिष्कार गरिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ग्रेड रोक्कादेखि निलम्बनसम्म परेका एक जब्बर उपसचिव

बालेनले गरीखान नदिएको भन्दै उजुरी, ज्यानको सुरक्षा गरिदिन माग

प्रचण्डको प्रस्ताव :”सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं”

एक हजार अस्थायी कर्मचारी थप्दै सरकार

भाइरसले थला परेको निजामती किताबखानाले पायो पुर्नजीवन

निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई साढे १५ प्रतिशत कोटा

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिवाना

बिशेष