अनि उल्टियो उपसचिवको सरुवा

गृह मन्त्रालयले महिना दिन अगाडि १२ उपसचिवको सरुवा गरेको थियो । जसमा केही शक्तिशाली उपसचिवको सरुवा भने उल्टिएको छ । यस अघि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी,बारा लगायतका केही जिल्लाको नेतृत्व गरिसकेका कृष्णबहादुर कटवालले आफ्नो सरुवा उल्टाएका हुन ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी भन्दा पावरफुल छन्,त्यहाँका स्वकीय र पिए । मन्त्री रमेश लेखकले आफ्नो भेगीय र तुलनात्मक रुपमा इमान्दार र क्षमतावान धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा फालेर त्यहाँ अहिले बद्री तिवारी आइपुगेका छन् । उनै तिवारी कर्मचारी र प्रहरी प्रशासनको सरुवामा हावी हुन थालेका हुन । उनै तिवारीहरु हाबी हुँदा कर्मचारी सरुवामा भद्रगोल निस्किएको गृह प्रशासनले जनाएको छ । तिवारी यस अघि दिल्ली दुतावासमा थिए । डिभिजन सहकारी कार्यालय ललितपुर,यस अघि रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका उनी यस पटक मन्त्री लेखकको सचिवालयमा छन् । उसो त अहिले गृह प्रशासनमा पर्वतेहरु हाबी छन् । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत पर्वते हुन । अहिले गृहको कर्मचारी परिचालन यिनै पर्वतेहरुका कारण विग्रिएको गृहकै एक सहसचिव बताउँछन् ।

बिज्ञापन

जस्को पछिल्लो एउटा उदाहरण :गत मंसिर १३ मा गृहले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारी लगायत एक दर्जन उपसचिवको सरुवा गरेको थियो । गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको थियो भने चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको थियो । यस्तै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा गरिएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा गरिएको छ भने उनको ठाउँमा चूडामणि शर्मा गौतमलाई खटाइएको थियो । उक्त सूची अनुसार उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

चेतराज बराल सिराहाको सहायक प्रमुख जिल्ला बन्दा खगेन्द्र सुवेदीले धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सोही सरुवाको सूची अनुसार केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवाललाई मन्त्रालयमा तानेर त्यहाँ अञ्जन न्यौपानेलाई पठाउने निर्णय भए पनि कटुवालको सरुवा उल्टिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

उसो त अध्यागमनमा ४० जना अधिकृतहरु खटाइएको छ । जबकी त्यहाँ ९ जना अधिकृतको दरबन्दीमात्र रिक्त हो । त्यसरी अधिकृत खटाइँदा अधिकाश पर्वत र सूदुरपश्चिमकाहरुले अवसर पाएपछि गृहभित्रै कर्मचारीहरुले आपत्ति जनाइरहेका छन् ।

यस्का अलवा लालबाबु कवारीलाई आफ्नै गृह जिल्ला महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । सहसचिव बसन्त अधिकारीलाई चलखेलका आधारमा वारा पठाइएको छ भने सहसचिव भएको दुई बर्षमै रमेश ढकाल ललितपुरमा पठाइएको बिषयमा पनि कर्मचारीहरु चलखेल भएको बताउँछन् । गृहका सदाबाहार सिडियोका रुपमा चिनिएका उमेश ढकाल काभ्रे पुगेका छन् । जति सिडियो भएका छन्,आर्थिक चलखेलकै आधारमा भएका हुन अर्को सहसचिव भन्छन् । पूराना र योग्य कर्मचारीले जिम्मेवारी पाएका छैनन् ।

सरुवा मापदण्डमा आफ्नै गृहजिल्लाको नेतृत्व दिएर कर्मचारी नपठाउने भनिएको छ तर नवराज जैसीलाई गृहजिल्ला दैलेख, लालबाबु कवारीलाई महोत्तरी र रामकृष्ण अधिकारीलाई गृहजिल्ला नुवाकोटमै खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्टार्टअप कर्जाका लागि छानिए ६ सय ६१ परियोजना

ग्रेड रोक्कादेखि निलम्बनसम्म परेका एक जब्बर उपसचिव

बालेनले गरीखान नदिएको भन्दै उजुरी, ज्यानको सुरक्षा गरिदिन माग

प्रचण्डको प्रस्ताव :”सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं”

एक हजार अस्थायी कर्मचारी थप्दै सरकार

भाइरसले थला परेको निजामती किताबखानाले पायो पुर्नजीवन

निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई साढे १५ प्रतिशत कोटा

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

बिशेष