निजामती विद्येयकमा संशोधन प्रस्ताव हाल्ने ३८ सांसद कता हराए ?

 

बिज्ञापन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथि संशोधकर्तासँगको छलफल सकिएको छ। संघीय निजामती सेवा विद्येयक उपर १२४ सांसदले एक हजार ५८३ संशोधन दर्ता गराएकामा ८६ संशोधनकर्ताले समितिमा आफ्नो मत राखेका हुन । संशोधनकर्ताहरुलाई मत राख्नका लागि आजसम्मको मिति दिइएको थियो ।समितिमा १२४ सांसदहरुले संशेधन प्रस्ताव दर्ता गराएका भए पनि आजसम्ममा ८६ जना संशोधनकर्ताहरु मात्र उपस्थित भएर आफ्नो मत दिएका छन् । संशोधन प्रस्ताव हाल्ने ३८ सांसद भने समितिमा उपस्थित भएनन् । शुक्रवारबाट संशोधनकर्ताहरुसँग मत लिने काम सकिएको समिति सभापति रामहरि खतिवडाले जनाए ।

बिज्ञापन

समितिले संशोधनकर्ताहरु बोलाउँदा कतिपय सांसदहरु उपस्थिति नै नभएका थिए ।

सरकारले गत फागुन २१ गते संसद्‍मा दर्ता गराएको उक्त विद्येयकमा १२४ सांसदले उपस्थित भएर संशोधन प्रस्ताव दर्ता गरेका थिए भने बाँकी इमेलमार्फत संशेधन प्स्ताव दर्ता भएका थिए । गत जेठ १५ गतेदेखि समितिमा पुगेको उक्त विद्येयक उपर राजनीतिक मुख्य सचिव,पूर्व मुख्य सचिव,विज्ञ, दलका प्रमुख सचेतक, सचेतक, लोकसेवा आयोगका प्रतिनिधिका अलवा संशोधनकर्तालगायतसँग छलफल टुंग्याएको हो । अब समितिले ट्रेड युनियनकर्मीसँग एक चरण छलफल गर्ने तयारी गरेको छ । निजामती ऐनमा राष्ट्रियस्तरको एउटामात्र आधिकारिक टरेड युनियन राख्ने दुई शीर्ष दलको तयारी पछि ट्रेड युनियनकर्मीहरुले विज्ञप्ति नै निकालेर कडा चेतावनी दिएको स्थिति छ । समितिले त्यस पछि लोकसेवा आयोगको धारणा लिएर त्यसपछि दफावार छलफलमा अघि बढाउने समितिले जनाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष