थप तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

थप तीन उपसचिव सहसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले इन्जिनियरिङ सेवाका २ जना र कृषि सेवातर्फका एक उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जसमा नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी इन्जिनियरिङ समूह,जनरल जियोलोजी उपसमूहबाट दिनेशकुमार नापित बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहबाट नारायण प्रसाद रेग्मी बढुवाका लागि सिफारिस हुँदा नेपाल कृषि सेवा,कृषि प्रसारतर्फका हिक्मत कुमार श्रेष्ठ सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन


यस अघि नेपाल इन्जिनियरिङ सेवाका योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस भएका छन् ।

उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष