सरकारी कर्मचारी तथा पदाधिकारीलाई अब नेपालमै उत्पादित पोशाक (निर्देशिकासहित)

सरकारी कर्मचारी तथा पदाधिकारीले नेपालमै उत्पादित पोशाक लगाउनुपर्ने भएको छ । सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ मा यस्तो व्यवस्थासहितको निर्देशिका तयार पारेको हो ।

बिज्ञापन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ ।
१४ बुँदे उक्त निर्देशिकाको पाँचौं बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलव्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोसाक प्रयोग गर्नुपर्नेछ । निर्देशिकाको ५ नम्बर बुँदामा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था छ । ‘सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नु पर्नेछ,’ दफा नम्बर ५ (१) माउल्लेख गरिएको छ ।

बिज्ञापन

यस्तै दफा २ मा सार्वजनिक निकायका कुनै पदाधिकारीले उपहार प्रदान गर्दा स्वदेशी बस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । भनिएको छ, सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्नेछ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’

सार्वजनिक निकायमा हुने कार्यक्रम,गोष्ठी सेमिनारमा आवश्यक पर्ने बस्तुको प्रयोग गर्दा स्वदेशी बस्तुको प्रयोग गर्ने निर्देशिकामा भनिएको छ ।
यस्का लागि मन्त्रालयले स्वदेशी बस्तुको खरिदलाई सहज र व्यवस्थित बनाउन नेपाली उत्पादन नामक एक विद्युतीय पोर्टल सञ्चालनमा ल्याउने जनाइएको छ ।

बिज्ञापन

स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न, अनुगमन र सहजीकरण गर्न छुट्टै निर्देशक समिति रहनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिवको संयोजकत्वमा रहने निर्देशक समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहन्छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव र महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक पनि सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष