गाउँपालिकाको अध्यक्षद्धारा सिडियो कार्यालयमा तोडफोड

न्यायोचित सेवाप्रवाह नभएको भन्दै  गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् । राहदानी वितरणमा न्यायोचित सेवाप्रवाह नभएको भन्दै सिडियो कार्यालय तोडफोड गर्ने पालिका अध्यक्ष हुन बेद थापामगर ।

बिज्ञापन

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष रहेका मगरले हिजो जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाइदिएका हुन । जिल्लाको विकट मानिने कालिगण्डकी गाउँपालिका सेवाग्राहीलाई सेवाप्रवाहमा प्रथमिकता दिनुपर्ने उनको माग थियो । टाढाबाट आएका नागरिकलाई पहिला सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि उनले सामाग्री फुटाइदिएका हुन ।

बिज्ञापन

आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा तोडफोड गरेका हुन् । अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाइदिएसँगै उनलाई प्रहरीले नियन्त्रणमा दिएको थियो ।

थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो ।लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई हिजै छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष