गाउँपालिकाको अध्यक्षद्धारा सिडियो कार्यालयमा तोडफोड

न्यायोचित सेवाप्रवाह नभएको भन्दै  गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् । राहदानी वितरणमा न्यायोचित सेवाप्रवाह नभएको भन्दै सिडियो कार्यालय तोडफोड गर्ने पालिका अध्यक्ष हुन बेद थापामगर ।

बिज्ञापन

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष रहेका मगरले हिजो जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाइदिएका हुन । जिल्लाको विकट मानिने कालिगण्डकी गाउँपालिका सेवाग्राहीलाई सेवाप्रवाहमा प्रथमिकता दिनुपर्ने उनको माग थियो । टाढाबाट आएका नागरिकलाई पहिला सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि उनले सामाग्री फुटाइदिएका हुन ।

बिज्ञापन

आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा तोडफोड गरेका हुन् । अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाइदिएसँगै उनलाई प्रहरीले नियन्त्रणमा दिएको थियो ।

थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो ।लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई हिजै छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष