उत्तरगयाको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरगया गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु ५० हजार दिने भएको छ ।

बिज्ञापन

पालिकाले एक सूचना जारी गर्दै भूगोल,जनजीवन,ऐतिहासिक,प्राकृतिक,आर्थिक,सामाजिक,सांष्कृतिक एंव अन्य विशिष्ठ पहिचान पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो ।

बिज्ञापन

लोगो निर्माण उत्तरगया गाउँपालिकाको झण्डा र नेपालको झण्डा अनिवार्य हुनुपर्ने लोगोले गाउँपालिकाको सामाजिक,सांष्कृतिक,धार्मिक,ऐतिहासिक,पर्यटकीय विशिष्ठता झल्कनुपर्ने,कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
प्रतीक चिन्ह मौलिक हुनुपर्ने पालिकाले जनाएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीका अनुसार, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत कार्यपालिकाको कार्यालयमा पठाउनु पर्नेछ ।

बिज्ञापन

छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई एक कार्यक्रम गरी सम्मान गरिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष