नेपालको वैदेशिक ऋृण २५ खर्ब १८ अर्ब,कुन निकायलाई कति छ तिर्नु ?

ऋृणम् कृत्वा घृतम् पिवेत’ भनेझैं छ हालत राज्यको । पछिल्लो तीन महिनामै प्रत्येक नेपालीको टाउकोमा थप एक हजार पाँच सय सार्वजनिक ऋृण थपिएको छ । साउनसम्ममा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण रहेकोमा यस्तो ऋृण ८३ अर्ब ९५ करोड थपिएर रु २५ खर्ब १८ अर्ब ५ करोड पुगेको सरकारी अभिलेख छ । उक्त ऋृण प्रत्येक नेपाली जनसंख्यालाई भाग लगाउँदा जन्मदै गर्दा एउटा शिशुको थाप्लोमा ८५ हजार राज्यको ऋृण बोक्ने स्थितिमा पुगेको हो । आर्थिक बर्ष ०७९/८० मा यस्तो ऋृणको दायित्व ७८ हजार ८४० रुपैया रहेकोमा बर्ष दिनमै थप ५ हजार ऋृण प्रत्येक नेपालीको टाउकोमा थपिएको छ ।

बिज्ञापन

सार्वजनिक ऋृणको हिसाब किताब राख्ने सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार सार्वजनिक ऋणमध्ये १२ खर्ब ५२ अर्ब रुपैयाँ आन्तरिक ऋण र १२ खर्ब ६५ अर्ब रुपैयाँ वाह्य ऋण दायित्व छ । वाह्य ऋण भने नेपालले द्विपक्षीय (मुलुक) वा बहुपक्षीय निकायबाट लिने गर्छ । नेपालले अहिले विभिन्न १७ वटा मुलुकको १० वटा मुद्रामा २५ खर्ब १८ अर्ब ऋृण दायित्व रहेको छ । गत असार मसान्तसम्मका यस्तो ऋृण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड रहेकोमा पछिल्लो चौमासमा थप ८४ अर्ब रुपैयाँले ऋृण बढेको छ । र यही सरकार हो,जसले छिमेकी मुलुक चीनबाट वीआरआई अन्र्तगत अनुदानबाहेक ऋृण लिनै हुँदैन भनेर अत्तो थापिरहेको छ । राज्यले विभिन्न निकायलाई तिर्नुपर्ने ऋृण कार्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ६ करोड पुगेको विभागको तथ्यांक छ ।

बिज्ञापन

नेपाल सरकारले बहुपक्षीय विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी), इन्टरनेसनल फन्ड फर एग्रिकल्चरल डेभलपमेन्ट (आईएफएडी),इइसी,एआईआइबी,आइएफडी लगायतका निकायबाट ऋृण लिँदै आएको छ ।

बिज्ञापन

बहुपक्षीय ऋण दायित्वतर्फ ८८ दशमलव ९८ प्रतिशत हिस्सा विश्व बैंक अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) र एडीबीबाट लिएको देखिन्छ । द्विपक्षीय ऋणतर्फ बेल्जियम,चीन,फ्रान्स,भारत,जापान,दक्षिण कोरिया,कुवेती कोष र साउदी कोषबाट ऋृण लिँदै आएको छ । जसमा जापान, चीन र भारतको हिस्सा अधिक छ ।


कार्यालयले दिएको विवरण अनुसार गत आर्थिक बर्षमा आईडीएबाट नेपालले ६ खर्ब १२ अर्ब ३३ करोड लिएको छ । जुन कुल वाह्य ऋणको ४८ दशमलव ८६ प्रतिशत हो । यस्तै एडीबीलाई नेपालले तिर्न बाँकी ऋण ४ खर्ब ६ अर्ब रुपैयाँ बराबर छ । जुन ३२ दशमलव ४० प्रतिशत हुन आउँछ । यस्तै आईएमएफबाट ६३ अर्ब २७ करोड बराबर ऋण लिइएको देखिन्छ । कात्तिक मसान्तसम्ममा रु एक खर्ब आठ अर्ब १४ करोड साँवा ब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कात्तिक मसान्तसम्म सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा ७२ अर्ब ७४ करोड खर्च गरेको छ । चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले रु चार खर्ब दुई अर्ब बराबर बजेट विनियोजन गरेको थियो । बाह्य र आन्तरिक गरी चालु आर्थिक बर्षको चार महिनामै सार्वजनिक ऋणको सावाँ भुक्तानी ८६ अर्ब ३१ करोड र ब्याज भुक्तानी २१ अर्ब ८२ करोड गएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष