२० हजार घुस बुझ्ने अदालतका कर्मचारीविरुद्ध विशेषमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन, कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवविरुद्ध विशेषमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध आज विशेषमा मुद्धा दायर गरेको हो । । आयोगको बुटवलबाट खटिएको टोलीले गत कात्तिक २७ गते तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अनुसन्धानको क्रममा बेरितको बण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख दिने भन्दै सेवाग्राहीसँग घुस लिएको भेटिएसँगै अख्तियारले उनीहरु उपर मुद्धा दायर गरेको हो । मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबी गरिएको छ ।

सवारी ज्यान कसुर मुद्दामा मृतकका पीडित पक्षले पाउने किरिया खर्च तथा क्षतिपूर्तीको रकम उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै २० हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले उनीहरुविरुद्ध विशेषमा मुद्धा हालेको हो ।

बिज्ञापन

अनुसन्धानका क्रममा जिप्रका, महोत्तरीकै मुद्दा फाँटमा कार्यरत अर्का नासु दिनेश प्रसाद साहको पनि मिलेमतो देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुवैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

बिशेष