पूर्व मेयर सिंहको निधन,काठमाडौं महानगरपालिकामा शोक बिदा

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनको निधनमा काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेल चाक्सीबारीस्थित उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा गएराति १ बजे निधन भएको हो । ८८ बर्षे सिंह पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।

बिज्ञापन

२०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहकै पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।

पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

कविता : कालो इतिहासको अवसान

बिशेष