गुरुकै पथमा ज्ञानेन्द्र,चल्यो २६ करोडको सम्पत्ति शुद्धीकरण मुद्धा

ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । लामो समय पछि उनीउपर सम्पत्ति शुद्धीकरण मुद्धा दायर भएको हो ।

बिज्ञापन

उस्तै प्रकरणमा एउटा व्यवसायीसँग एकथरी व्यवहार र अर्को व्यवसायीमाथि फरक सजायँ, प्रधानमन्त्रीकै मातहत कार्यालयबाट यस्तो भइरहेको हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत पुर्‍याइएको पुल्चोकस्थित राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीबाट एउटै प्रकृतिको मुद्दामा फरक व्यवहार हुने गरेको बिषय यस अघि नै कर्मचारी प्रेसले समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरणका एक कर्मचारीले सम्पत्ति जोगाउन बुढेसकालमा पत्नीसँग नक्कली डिभोर्स गरेका बैंकर गुरूप्रसाद न्यौपानेमाथि एकप्रकारको कारवाही अनि हाइड्रो व्यवसायी ज्ञानेन्द्रलाल प्रधान जोडिएको प्रकरणमा चाहिँ मुद्दा चलाउन ढिलासुस्ती गरिरहेको थियो । डेढ वर्षअघि नै ‘इन्साइडर ट्रेडिङ’गरेको पुष्टि भएपछि न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐन २०६३, दफा १०१ को उपदफा (७) बमोजिम ७५ हजार रूपैयाँ जरिवाना तिराइयो । सम्पत्ति शुद्धीकरणले पनि मुद्दा चलायो, दोषी करार भए र विशेषले १ करोड ९९ लाख १० हजार २५२ रूपैयाँ गरी ३ करोड ९८ लाख २० हजार ५०४ रूपैयाँ जरिवाना हुने ठहर गर्‍यो ।

यही कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको भन्दै थप १ करोड ९९ लाख १० हजार २५२ रूपैयाँ बराबरको सम्पत्ति जफत हुने र एक वर्ष कैद हुने फैसलासमेत सुनाइसकिएको छ । सोहीताका ज्ञानेन्द्रलाल प्रधानले हाइड्रो डेभलपर लिमिटेडबाट छोरा चेतन र छोरी निभिता प्रधानका नाममा सेयर हस्तान्तरण गरे । यसमा धितोपत्र बोर्डले ७५ हजार रूपैयाँ जरिवाना गरेको थियो । बोर्ड एउटै, कानुन, नियमावली र कारवाही उही । तर, गुरु न्यौपानेलाई एकाथरी सजायँ र ज्ञानेन्द्रलाल प्रधानलाई उन्मुक्ति दिनुको कारण के होला यो बिषयमा कर्मचारी प्रेसले केही अगाडि समाचार प्रकाशन गरेको थियो  ? वर्षौंसम्म विनोद चौधरी र दिपक भट्टसहित ज्ञानेन्द्रको मुद्दा सम्पत्ति शुद्धीकरणले किन होल्ड गरिरहेको होला ? त्यहाँबाट बाहिरिएका एक महानिर्देशकका अनुसार यी सबैमा पर्दा पछाडिका एक कर्मचारी सक्रिय रहे ।

बिज्ञापन

स्रोतका अनुसार, प्रधान उपर २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो । गत शुक्रवार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो । सेयरको भित्री चलखेल (इन्साइडर ट्रेडिङ)मा संलग्न भएर उनले गैरकानुनी सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएपछि मुद्दा चलाउन विभागले सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष