धनुषा भ्रष्टाचारको पहिलो स्थानमा

मधेस प्रदेशमा सबैभन्दा बढी धनुषा जिल्लाको उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरी सार्वजनिक गर्दा धनुषा जिल्ला भ्रष्टाचारमा अग्र देखिएको हो ।

बिज्ञापन

मधेस प्रदेशका विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये ६ हजार ४७२ वटा फर्छ्योट गरिएको जनाएको छ । उक्त कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेस प्रदेशका आठ जिल्लाबाट कुल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो । तीमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।

बिज्ञापन

उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ वटा फर्छ्योट भएको थियो । यस्तै, दुई वर्षमा बाराबाट एक हजार २०७ उजुरीमध्ये ८८७, सप्तरीबाट एक हजार १७० उजुरीमध्ये ९७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये ८३४ वटा फर्छ्योट भएको जानकारी दिइएको छ ।

पर्साबाट ९५६ उजुरीमध्ये ६९१, सिरहाबाट ८८१ उजुरीमध्ये ६८७ र सर्लाहीबाट ८३६ उजुरीमध्ये ६४२ वटा फर्छ्योट भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

बिशेष