नेता बोकेर आउने कर्मचारीका कारण मन्त्री ‘परेसान’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको गुनासो गरेको छन् । कर्मचारीहरु नेता बोकेर आफूलाई भेट्न आउदा आफू पीडित बनेको बताएका छन्,मन्त्री ।

बिज्ञापन

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आजदेखि सुरू गरेको ३९ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए । मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उहाँले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताएका हुन ।
‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परेसान’ छु ।’

बिज्ञापन

अब आउने ३९ औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’

कर्मचारीले अध्ययनका साथै आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्ने मन्त्रीले सुझाव समेत दिए । आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने बताउँदै गुप्ताले राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउने र देशको गरिमा समेत जोगिने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारमै उपभोक्ता ठगी : ५ रुपैयाँको चिया २० रुपैयाँमा, १५ को लस्सी ५० मा बेचिएको पर्दाफाश

सहरी मन्त्रालयमा प्रशासनिक अराजकता : मन्त्रीका स्वकीय हावी, सतर्कता केन्द्र छानबिनमा

दशैंअघि रसुवागढी नाका सुचारुमा जोड

२५ दफामा छलफल सकिँदा उल्टिए तीन प्रावधान,१२२ दफा चार दिनभित्रै सकाउनुपर्ने दवावमा समिति

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

अतिरिक्त सचिवको व्यवस्था हट्यो,अरु कुन- कुन प्रावधान उल्टियो ?

कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

बिशेष