दलगत कर्मचारी ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन ? यस्तो छ समिति सदस्यहरुको फरक- फरक मत

निजामती कर्मचारीमा ट्रेड युनियन राख्ने कि नराख्ने आइतबारदेखि सांसदहरु यही बिषय केन्द्रित बहसमा छन् । जसमा सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक फरक प्रस्ताव गरेका छन् ।

बिज्ञापन

संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा रहेको जस्तै राष्ट्रिय स्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।

बिज्ञापन

आइतबारदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफल सुरु भएको छ । सोही दिनको बैठकमा केही सांसदहरुले कर्मचारी ट्रेड युनियन राख्नु नहुने प्रस्ताव गरेका थिए । मंगलबारको बैठकमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग भएको छलफलका क्रममा सांसदहरूले कर्मचारी ट्रेड युनियनका राख्ने वा खारेज गर्ने सन्दर्भमा फरक फरक मत व्यक्त गरेका छन् ।

एमालेका सांसद दामोदर पौडेल विधेयकमा राजनीतिक दल भन्ने शब्द नै नराख्न प्रस्ताव गरे । उनले – संघीय निजामती सेवा ऐन अनुसार प्रदेश र स्थानीय तहमा समेत ट्रेड युनियन अभ्यास गर्न पाउनु पर्ने प्रस्ताव राखेका छन् ।

बिज्ञापन

यस्तै सांसद अम्मरबहादुर रायमाझीले राष्ट्रिय स्तरको एउटा मात्रै आधिकारिक ट्रेड युनियन भयो भने त्यसले आफ्नो हक हितको प्रतिनिधित्व गर्छ र ट्रेड युनियन अधिकारलाई पनि उसले संरक्षण गर्ने तर्क राखे ।

छलफलमा एमालेका सचिव योगेश भट्टराईले कर्मचारी ट्रेड युनियनको बिषयमा अझै छलफल गर्न भने । पपुलिज्मको कुरा गरेर भड्काउने कुरा नगरौं । भडकाउन सजिलो छ, बनाउन गाह्रो छ ।उनले ट्रेड युनियन चाहिनेमा आफू प्रष्ट रहेको बताए । ट्रेड युनियन चाहिँदै चाहिँदैन भन्ने बहस नगरौं । ट्रेड युनियन सर्वेसर्वा हो, यसले सम्पूर्ण निजामती प्रशासन चलाउँछ भन्ने कुरा पनि नगरौं उनले भने ।

यता आइतबार संशोधन प्रस्तावमा छलफल गर्न उपस्थित भएका सांसदहरूले कर्मचारीमा रहेको दलगत ट्रेड युनियन खारेज गरिनुपर्ने धारणा राखे । बैठकमा उनीहरूले दलगत ट्रेड युनियन हुँदा कर्मचारीले फरक दलको सरकार आए सरकारलाई समेत नटेर्ने प्रवृत्ति बढेको भन्दै विषय उठान गरे ।

सांसदहरूको तर्क दलगत ट्रेड युनियनभन्दा पनि पेसागत रूपमा एक आधिकारिक ट्रेड युनियन हुँदा पर्याप्त हुने थियो । सत्तामा रहेकै दल एमालेका सांसद अच्युत मैनालीले कर्मचारी बढी राजनीतिमा केन्द्रित हुँदा जनसेवामा असर गर्ने भन्दै दलगत ट्रेड युनियनलाई विधेयकमा स्पेस दिन नमिल्ने धारणा राखे । उनले आधिकारिक ट्रेड युनियनमा जानैपर्ने भन्दै आफ्नो संशोधन प्रस्ताव समावेश गरे ।

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले दलगत ट्रेड युनियनले फरक दलको सरकार आए सरकारलाई समेत असहयोग गर्ने क्रम बढेको बताएकी थिइन । उनले बजेट निर्माणको क्रममा फरक दलको कर्मचारी भए बजेट इन्ट्री नगरिदिने, बिगारेर इन्ट्री गर्नेजस्ता दुःख सांसदले भोग्नुपरेको अनुभव सुनाइन् ।

यस्तै सांसद रञ्जु कुमारी झाले पनि दलगत कर्मचारीले भीसीजस्तो गरिमामय पदलाई पनि थर्काउने भन्दै सबै मिलेर दलगत ट्रेड युनियन हटाउने जोखिम लिनुपर्ने धारणा राखेकी थिइन ।

२१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमाथि आइतबारबाट दफावार छलफल सुरु भएको हो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर सांससदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

अब खुल्नेछैन नासु पदमा नयाँ विज्ञापन

‘कानुनी छिद्र’ राखेर पारित भयो कुलिङ पिरियड

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

बिशेष