बीमा प्राधिकरणको अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर,अवकाशको दुई महिना अगावै निलम्बन

बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ।सिलवाल आगामी माघ तेश्रो साता सेवा अवधि पूरा गरेर त्यहाँबाट निस्कने तयारीमा थिए ।सिलवालले तीन थरी नागरिकता प्रयोग गर्दै आएका थिए । निजामती किताबखानाको अभिलेख अनुसार सिलवालको जन्ममिति १५ साउन ०१५ उल्लेख भए पनि उनले प्राधिकरणको अध्यक्षमा नियुक्ति लिँदा २२ कात्तिक ०१६ को जन्ममिति पेस गरेको भेटिएको छ । दोस्रो नागरिकतामा उनले जन्ममिति एक वर्ष घटाई कागजात पेस गरेका थिए । यही जन्ममिति उनको मतदाता परिचयपत्र समेत बनाएका थिए । यस्तै उनले बोक्दै आएको राहदानीमा २४ कात्तिक ०१८ जन्ममिति उल्लेख गरिएको उनको तेस्रो नागरिकता पनि देखिएको छ । उनको राहदानीमा पनि यही जन्ममिति उल्लेख छ । १९ माघ ०७७ मा तत्कालीन मन्त्रिपरिषद् बैठकले सिलवाललाई तत्कालीन बिमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यकाल लम्बाउनका लागि उनले नागरिकतामा कीर्ते गरेको भेटिएसँगै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।अध्यक्ष सिलवालले तीनवटा नागरिकता प्रयोग गरेको भेटिएसँगै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

बिज्ञापन

पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको  छ । सिलवालले नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

बिज्ञापन

सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी २८ चैत ०७० देखि ६ मंसिर ०७२ सम्म गृहसचिवमा बहाल थिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

सात कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

दलगत कर्मचारी ट्रेड युनियन होइन, एक मात्र आधिकारिक ट्रेड युनियन आवश्यक

हामी दलीय होइनौँ, कानुनअनुसार दर्ता भएका ट्रेड युनियन हौँ

बिशेष