एउटा मतको मूल्य १५ हजार १५१ 

निर्वाचन जित्नका लागि कुनै उमेद्धारले खर्चिएको रकम कलम नभइ मतपत्र ओर्सानका लागि राज्यले खर्चेको हिसाब हो यो ।

बिज्ञापन

आइतबार सम्पन्न ४१ वटा स्थानीय तहका लागि भएको उप निर्वाचनमा २९३ वटा मतदान केन्द्र । त्यहीमध्ये एउटा यस्तो मतदान केन्द्र,जहाँ गाडीबाटै पुग्न दुई दिन समय लाग्ने भएपछि नेपाली सेनालाई गुहारियो । सेनाको हेलिकप्टरको सहायताले १५ मिनेटमा मतपत्र सदरमुकामसम्म ल्याएर मत गणना सम्पन्न गरियो ।

बिज्ञापन

दोलखाको गौरीशंकर गाउँपालिको उपाध्यक्षका लागि भएको निर्वाचनमा मतदान केन्द्र १२ वटा र २१ वटा वुथ । जसमध्येको एक हो रोल्वालिङ्गको वेदिङ्ग मतदान केन्द्र । त्यहाँबाट मतपेटिका ढुवानी गर्ने हेलिकप्टर पठाउनु पर्ने स्थिति आएको हो । बेदिङ्ग मतदान केन्द्र छो रोल्पा ताल मुनी पर्दछ । सदरमुकामबाट लामाबगर अपरतामाकोशीसम्म गाडी जान्छ । त्यहाँबाट अर्को २ दिन लगाएर मतदान स्थलसम्म पुग्नुपर्ने हुन्छ । यस अघि भएका निर्वाचनमा कहिले हेलिमार्फत त कहिले मानिसबाटै बोकाएर मतपत्र ल्याउने गरिन्थ्यो । यस पटक नेपाली सेनाको हेलिकप्टर पठाइयो । जम्मा १०३ मतदाता रहेकोमा ३३ मत मात्र खसेको थियो त्यहाँबाट । सोही मतपत्र ल्याउन काठमाडौंबाट हेलिकप्टर गएको हो । नेपाली सेनाको हेलिकप्टरले १५ मिनेटको फ्लाइटमा उक्त मतपत्र सदमुकामसम्म ल्यायो । सो को मुल्य पर्यो ५ लाख तिरिएको जनाइएको छ । यो हिसाबले एक मतको मूल्य १५ हजार १५१ रुपैंया खर्च गर्नुपरेको छ,राज्यले । सो ठाउँबाट उमा लुङ्गेली मगर २८०५ मत सहित विजयी हुँदा माओवादीको उमेद्धार निम लेकी शेर्पाले २६ सय मत प्राप्त गरेकी छिन् ।
उता कच्चा वैद्यको जात्रा यमपुरीको यात्रा भनेझैं भयो उदयपुरको बेलका नगरपालिकामा । त्यहाँ खटाइएका निर्वाचन अधिकृतले यस्तो कच्चापना देखाइदिए कि दुई वटा मत पत्र गन्दा एउटा बदर । ५ सय मतपत्र गन्दा २२० मत बदर । सदर र बदर मतको विषयमा दलहरूबिच विवाद यति तिव्र भयो कि पछि सर्वदलीय बैठक बस्यो । निर्वाचन आयोगसँग राय मागियो । बदर भएको मत पुनः गणना गर्न निर्वाचन आयोगले सुझाएपछि बल्ल मतगणना सुरु भयो । त्यहाँ निर्वाचन अधिकृत मनोजप्रसाद गुप्तालाई खटाइएको थियो । मतपत्रमा मसी लागेका स्वस्तिक छाप बढी प्रयोग भएका मतपत्र धमाधम बदर भएसँगै रातभर लफडा चलेकोमा पछि गणना निर्देशिका अनुसार पुन मतगणना गर्न निर्वाचन आयोगले राय दिएसँगै मतगणना अघि बढेको थियो । त्यहाँबाट माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी भए यस अघि काँग्रेसका उमेद्धारले जितेको उक्त वडामा नवराज बस्नेतले ४०४ मतमा चित्त बुझाउनु परेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

बिशेष