“रवि पक्राउ परुन कि छवि, वचत फिर्ता नभएसम्म न्याय पाएको अनुभूति हुँदैन”

सूर्यदर्शन सहकारी पीडितहरुले रवि लामिछाने,छविलाल बञ्जाडे वा जितेन्द्र राई (जिवी) पक्राउ पर्दैमा आफ्नो वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको बताएका छन् । सूर्यदर्शन वचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले रवि,छवि,जिवी पक्राउ पर्दैमा पीडितहरुको वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको जनाएका हुन ।
सरकारले पीडितको वचत फिर्ता गर्नेमा भन्दा पनि यसमा जोडिएका व्यक्तिहरुलाई पक्राउ, अनुसन्धान, कारबाहीमा अल्झिएर बसेको छ तर, सहकारी पीडितको बचत फिर्ता गराउनेमा कुनै प्रक्रिया अगाडि नढाएको भन्दै पीडितहरु आफ्नो वचत फिर्ता गराउन आफैं अग्रसर भएका छन् ।

बिज्ञापन

सरकारकै मुख ताक्दा सहकारी वचतकर्ता पीडितहरुको अबस्था हिजोका दिनमा युनिटी लाइफ,ओरियन्टल, सिभिल सहकारी पीडितकै अबस्थामा पुग्ने देखिएको कारण सूर्यदर्शन सहकारी पीडितहरुको स्थिति त्यस्तो हुन नदिन आफू अग्रसर रहेको बताउँछन,श्रेष्ठ ।  सूर्यदर्शनमा १८ हजार ७ सय बचतकर्ताको १ सय ३५ करोडभन्दा बढी बचत रहेको बताइएको छ ।  उक्त रकम अपचलनविरुद्ध हालसम्म एक हजार ५२ ले प्रहरीमा जाहेरी दिएका छन् । ग्यालेक्सी टेलिभिजनमा उक्त सहकारीबाट ६ करोड रकम गएको देखिन्छ भने बाँकी जिबी राईका अन्य कम्पनीले लगेको छ ।

बिज्ञापन

किरणका अनुसार,पोखराको सूर्यदर्शन सहकारीबाट व्यालेन्स सिटको सानो रकम अर्थात ६ करोड गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । रवि,छविहरु पक्राउ पर्दैमा सहकारी पीडितहरुको रकम फिर्ता हुने होइन । सूर्यदर्शनमा झण्डै १ सय ४० करोड रकम फसेको छ । त्यसमध्ये गोर्खा मिडिया नेटवर्कमा गएको रकम ६ करोड हाराहारीमात्र हो । सूर्यदर्शनका अलावा जिबी राईको समूहले चितवन, बुटवल, नेपालगञ्ज, काठमाडौंका सहकारीबाट रियल इस्टेट, हाउजिङ्ग, आयुर्वेदमा पैसा लगेको देखिन्छ । नेचर हव्र्स, गोर्खा मिडिया, गोर्खा आयुर्वेदलगायत ३२ वटा भन्दा बढी कम्पनी रहेछन् जिबीका । जुन कम्पनीमा उनको धेरै थोरै लगानी छ ती अधिकांशमा सहकारीको पैसा गएको छ ।

वचत फिर्ता गराउनका लागि जिबी राईको सम्पत्ति रोक्का गरिएको छ,पोखरा महानगरपालिकाले । यो पालिकाकै कार्यक्षेत्र भित्र भएका कारण जीविको सम्पत्ति रोक्का गरिएको हो । वचतकर्ताको वचत फिर्ता गराउनका लागि किरणहरु अब नयाँ सञ्चालक समिति बनाउन लागिपरेका छन् । बजारमा भएका ऋृण उठाउन पहल भइरहेको छ । सहकरीको कार्यालय दैनिक खोलिएको छ । सरकारकै मुख ताक्ने हो भने हामी पनि ओरियन्टल, सिभिल सहकारी पीडितकै अबस्थामा पुग्छौं । त्यस्तो हुन दिन्नौं ।

बिज्ञापन

राज्यले त सहकारी पीडितलाई मारेर रोक्का भएको सम्पत्ति राखी बैंकलाई उँभो लगाउन मद्दत गरिरहेको छ भन्छन्,उनी । १० करोडको सम्पत्ति ५ करोड बनाएर राखिएको छ । जिबी राईको १० करोडको सम्पत्ति बैंकमा २ करोडमा राखिएको छ भने सोको साँवा र ब्याज १० करोड नभएसम्म सरकारले हेरेर बस्ने रु अन्तिममा बैंकले १० करोडमा धितो लिलाम गर्ने । अन्तिममा न जिबी राईको हातमा केही हुन्छ न त सहकारी पीडितकै । दुवै रित्तो हुने स्थिति बन्छ ।

०७९ सालदेखि नै सहकारीको रकम फिर्ता गराउन आन्दोलनमा होमिएका श्रेष्ठ तीन वर्षपछि अहिले पोखरा महानगरपालिकाद्वारा गठित तदर्थ समितिको संयोजक छन् । सूर्यदर्शन सहकारीको नयाँ कार्यसमिति बन्न लागिरहेको बताउँछन् श्रेष्ठ । छिट्टै नै विशेष साधारणसभा गरेर सञ्चालक समिति र लेखा, अन्य ऋण समिति बनाई बचतकर्ताको रकम फिर्ता गगराउन अगाडि बढिरहेको छौं भन्छन्,संयोजक श्रेष्ठ ।
किरण अगाडि भन्छन्, सहकारीको पैसा फिर्ता दिनका लागि जिबी राई नै चाहिन्छ भन्ने होइन । उनका सम्पत्ति रोक्का राखेर त्यही सम्पत्तिको मूल्यांकन सरकारले अहिले धेर थोर पीडितहरुलाई दिए पनि न्याय पाएको आभाष हुन्थ्यो । चाहे, रवि, छवि, जिबी जो जो पक्राउ परुन्, हामीलाई चाहिएको बचत फिर्ता हो । जबसम्म बचत फिर्ता हुँदैन तबसम्म न्याय पाएको अनुभूति हुँदैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।