लोकसेवा आयोगले शाखा अधिकृत तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न सेवा समूहका लागि लिइएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगले नेपाल प्रशासन सेवा,लेखा र राजश्व समूह तथा लेखापरीक्षण समूहका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गर्दै सफल उमेद्धारहरुलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।