सेबोन अध्यक्षमा ३ जनाको सिफारिस, नियुक्ति पाउने मुक्ति कि सन्तोष ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

हिजोका लागि बोलाइएको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारी र चिरञ्जीवी चापागाईँलाई डाकिएको थियो तर अन्तर्वार्तामा सहभागी हुन अधिकारी र कार्की मात्र पुगेका थिए ।

बिज्ञापन

यसअघिको प्रक्रियामा सहभागी नभएका तीनजना उम्मेदवारको आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । अघिल्लो पटक लागि बोलाउँदा छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी अचानक बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो । सो अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ तथा सन्तोष नारायण श्रेष्ठले यसअघि नै प्रक्रिया बमोजिम नै अन्तर्वार्ता दिइसकेका थिए । हिजो दुई सहित यस अघि दुई उमेद्धारसँग अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति लिइसकेपछि चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारी

बिज्ञापन

अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । झण्डै एघार महिनादेखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।
नियुक्तिका लागि सिफारिस भएकामध्ये सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् सन्तोषनारायण वा मुक्ति श्रेष्ठ मध्ये एक जनालाई वोर्ड अध्यक्ष नियुक्ति हुने सम्भवना रहेको स्रोतको भनाई छ । यी दुईमध्ये एकलाई विशाल ग्रुप र अर्काेलाई शंकर ग्रुपको साथ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष