चापागाईद्धारा अन्तर्वार्ता बहिष्कार,को बन्ला अब वोर्ड अध्यक्ष ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता दिन दुई जनामात्र सिंहदरबार पुगेका छन् । अन्तर्वार्ताका लागि तीनेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारी र चिरञ्जीवी चापागाईँलाई डाकिएको भए पनि अन्र्तवार्तामा सहभागी हुन अधिकारी र कार्की मात्र पुगेका हुन ।

बिज्ञापन

यसअघिको प्रक्रियामा सहभागी नभएका तीनजना उम्मेदवारको आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । अघिल्लो पटक लागि बोलाउँदा छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी अचानक बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो । सो अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ तथा सन्तोष नारायण श्रेष्ठले यसअघि नै प्रक्रिया बमोजिम नै अन्तर्वार्ता दिइसकेका छन्। अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।

अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । झण्डै एघार महिनादेखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष