अर्थ मन्त्रालयले क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्रमा उत्साह सिर्जना गरेको जनाएको छ । नेपालले पहिलो पटक क्रेटिड रेटिङमा बीबी माइनस रेटिङ पाएसँगै शुक्रवार बिहान मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो जनाइएको हो ।
बिज्ञापन
शुक्रबार अर्थ मन्त्रालयले औपचारिक रूपमा नेपालको सार्वभौम क्रेडिट रेटिङ सार्वजनिक गरेको हो ।बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।
बिज्ञापन
अर्थमन्त्री बिष्णु पौडेलले यसले नेपालको अर्थतन्त्रको अवस्था कस्तो भन्ने अन्योल चिर्दै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको र दक्षिण एसियामा भारतपछि नेपालको रेटिङ राम्रो रहेको बताएका छन् ।
उनले नेपालमा लगानी गर्न सुरक्षित रहेको छ भन्नेकुरा रेटिङले प्रस्ट पारेको बताए । मन्त्री पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् ।
बिज्ञापन
मन्त्री पौडेलले भने,‘हामी आज खुशी बाड्ने अवस्थामा छौं । बीबी माइनस रिजल्ट आएको छ यो दक्षिण एसियाको स्थितिमा निकै अनुकुल हो । तर पनि हामी बिबि माइनस रेटिङमा मात्रै चित्त बुझाएर बस्दैनौं यसमा थप काम हुन्छ । ’ नेपालको रेटिङमा महत्त्वपूर्ण भुमिका खेल्ने फिच रेटिङ देखि सबैलाई धन्यवाद दिँदै मन्त्री पौडेलले भने ‘यो रेटिङ सुरुवात मात्रै हो । आउने दिनमा यसको निरन्तरता हुन्छ । रेटिङ बाट नेपाल साच्चिकै लगानीका लागि राम्रो देश भएको पुष्टि भएको छ । यसले नेपालमा लगानीका लागि प्रोत्साहन हुनेमा म बिस्वस्त छु । ’
रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ। क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसुचकहरु, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेर नेपाललाई बीबी माइनस क्रेडिट रेटिङ दिइएको हो ।