नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्दा डेपुटी गभर्नर निलम ढुंगनाले बढी भत्ता सुविधा लिएको भेटिएको छ ।गभर्नर अधिकारीले बर्षभरीमा तलब भत्ता लगायतका शीर्षकमा ६४ लाख ६५ हजार हाराहारी रकम बुझ्दा उनीभन्दा तल्लो ओहदामा रहेकी डेपुटी गभर्नरले निलम ढुंगनाले बढी भत्ता सुविधा लिएको भेटिएको हो ।
बिज्ञापन
नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब, ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता गरी जम्मा ६४ लाख ६२ हजार रुपैयाँ बराबरको रकम लिएका हुन । उक्त प्रतिवेदनअनुसार डेपुटी गभर्नर निलम ढुंगानाले त गभर्नर अधिकारीको भन्दा बढीको सुविधा लिएकी छन् । ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । १४ लाख ६० हजार रुपैयाँ तलब, बैठक भत्तावापत २ लाख ९७ हजार, ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ । जबकी गभर्नर अधिकारीले ४४ लाख ९७ हजारमात्र यस्तो सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएको भेटिन्छ जबकी गर्भनर अधिकारीले ४४ लाख ९७ हजार रुपैयाँको सुविधा लिएका छन् । यो हिसाबले ६१ हजार बढी सुविधा डेपुटी गभर्नर ढुंगनाले बुझेको देखिन्छ ।
बिज्ञापन
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् । उनले तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार पाएका छन् ।
बिज्ञापन
राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर अर्थसचिव र ३ जना अन्य सदस्य हुन्छन् । राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अर्थसचिवका साथै ३ जना अन्य सदस्य हुन्छन् । अर्थ मन्त्रालयको सचिवका रूपमा राष्ट्र बैंक सञ्चालक समितिमा एक वर्षमा तीन जनाले काम गर्ने अवसर पाएका छन् ।
अर्जुनप्रसाद पोखरेलले १ लाख ३७ हजार रुपैयाँ बराबर भत्ता तथा सुविधा लिएका छन् । उनले ५४ हजार रुपैयाँ भत्ता र करिब ८४ हजार रुपैयाँ अन्य सुविधाबापत लिएका हुन् । पूर्वअर्थ सचिव डा. कृष्णहरि पुष्करले १ लाख ७१ हजार रुपैयाँ भत्ता र २ लाख १० हजार रुपैयाँ अन्य सुविधासहित करिब ३ लाख ७३ हजार बुझेका छन् ।
यस्तै, अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले भत्ता तथा सुविधाबापत १ लाख ३९ हजार रुपैयाँ बुझेका छन् । उनले ६३ हजार भत्ता र बाँकी रकम अन्य सुविधा लिएका छन् ।
अन्य सञ्चालकहरू चिन्तामणि शिवाकोटीले बैठक भत्ता ३ लाख २४ हजार रुपैयाँ र अन्य सुविधा ८ लाख ७३ हजार रुपैयाँ गरी कुल ११ लाख ९७ हजार रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक सदस्य डा शंकरप्रसाद आचार्यले बैठक भत्ता २ लाख ८८ हजार रुपैयाँ र अन्य सुविधा ११ लाख १३ हजार रुपैयाँ समेत कुल १४ लाख १ हजार रुपैयाँ बुझेका छन् ।
यस्तै, सञ्चालक डा रवीन्द्रप्रसाद पाण्डेले भत्ता तथा सुविधा बापत ११ लाख ८६ हजार रुपैयाँ बराबर लिएका छन् । उनले बैठक भत्ता ३ लाख ३३ हजार रुपैयाँ र अन्य सुविधा ८ लाख ९३ हजार रुपैयाँ बराबर लिएका हुन् ।