मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार आज ,अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड,बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको मूल्य घटेको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कका अनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा कायम छ ।
सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

बिज्ञापन

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरी रेनुकाको तीन मुक्तक

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

बिशेष