रसुवा काँग्रेस नेताको सुन तस्करी धन्दा,परे प्रहरीको फन्दा

नेपाली काँग्रेस रसुवाको जिल्ला नेता नै सुन तस्करी प्रकरणमा मुछिएका छन् । ३ किलो सुन तस्करी र अपहरण अभियोगमा पक्राउ परेकाहरु पार्टी कमिटीमा रहेको खुलेको छ । जसमा पार्टीका कोषाध्यक्षसहित चार जना जिल्लास्तरका नेतालाई सुन तस्करी र अपहरण प्रकरणमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

तीन किलो सुन गायब प्रकरणमा नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ३० कार्तिकमा रसुवाको साबिक धुन्चे गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका ६ का ४३ वर्षीय नुर्बु तामाङ, रसुवाकै साबिक थुमन गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका १ को ३५ वर्षीय बुद्धि तामाङ, रसुवाकै ३५ वर्षीय को नुर्वु सिङ्गी तामाङ र कालिका गाउँपालिका १ रसुवाका ४५ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार,अपहरणमा संलग्न अन्य ८ जना फरार छन् ।

बिज्ञापन

पक्राउ परेकाहरु सबै रसुवा जिल्ला काँग्रेसमा आवद्ध छन् । रसुवा काँग्रेसका अनुसार नुर्पुसिंगी तामाङ गोसाइकुण्ड १ भार्खुका हुन । उनी रसुवा काँग्रेसको कोषाध्यक्षको जिम्मेवारीमा छन् । यस्तै पक्राउ परेका बुद्धिबहादुर तमाङ, गोसाईंकुण्ड गाउँपालिका–१ थुमनका हुन । गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ सबै काँग्रेस निकट हुन । बुद्धिबहादुर तामाङ रसुवा कांग्रेसको जिल्ला समितिका सदस्य हुन् । टेम्पा नुर्पु तरुण दल रसुवाको जिल्ला समिति सदस्यको जिम्मेवारीमा छन् । रसुवा काँग्रेसका एक पदाधिकारीका अनुसार,गोपाल तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका वडा नम्बर–१ बाट वडा अध्यक्षको चुनाव लडेका थिए ।

प्रहरीका अनुसार तस्कर समूहले भरियामार्फत पठाएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहका सदस्यले भरियालाई अपहरण गरी यातना दिएको र लुटिएको सुनको रकम तिराउन खोजेको बुझिएको छ ।

बिज्ञापन

प्रसग गत साउन २४ गतेको हो । साउन २४ मा केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन् । कन्टेनरमा अंगुर लोड गरिएको थियो । सोही सुन रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याइएको थियो । उक्त सुन खालीखोलामा पुगेपछि गायबमात्र बनाइएन कन्टेनर चालकलाई अपहरण गरियो । यही प्रकरणमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न रहेको भेटिएको हो । नुर्पुसहित ४ जना मिलेर कन्टेनर चालक रामकृष्ण वाइबा र उनको मामाको छोरा निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानकिलण्ठस्थित शैलजा रिसोर्टमा लगेर कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो प्रकरणमा राजस्व अनुसन्धान विभागबाट प्रहरीहरु समेत मुछिएका छन् । उनीहरु उपर पनि छानबिन भइरहेको प्रहरीले जननाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

बिशेष