रवि लामिछानेलाई चौथों पटक आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।

बिज्ञापन

गत कार्तिक २ गते पक्राउ परेका गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चौथो पटक अदालतमा उपस्थित गराएन लागिएको हो । लामिछानेलाई पहिलो पटक कार्तिक ४ गते ६ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । यस्तै पहिलो पटक सात दिनको म्याद थपिएका उनलाई गत मंगलबार १० दिन हिरासतमा राख्न भनियो । उक्त १० दिनको म्याद सकिएकाले पुनः म्याद थपको निम्ति आज अदालतमा पेश गर्न लागिएको हो । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनी सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बिज्ञापन

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।

यसैबीच कास्कीको पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ। उनलाई पनि हिरासत म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

चुनाव सम्पन्न भए पछि मन्त्री अमेरिका जाने,अवकाश अघि सचिव विदेश घुमेर फर्कने

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

बिशेष