दशक अघि प्रचण्डसँग भिडेका मानन्धरलाई एमालेले बनायो मेयरका उम्मेद्धार

नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।

बिज्ञापन

नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिज्ञापन

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त हुन पुगेको थियो । क्यान्सरकै कारण कीर्तिपुर १ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदै छ।

मेयरका रुपमा तलैसम्म भिजेका नेताका रुपमा परिचित सुरेन्द्र मानन्धरलाई अगाडि सारेको छ एमालेले । छैमलेदेखि नाङ्लेभारे,तारकेश्वरदेखि नागढुंगासम्म चाहारेर एमालेको संगठन बिस्तारका काम गरेका मानन्धर कुशल संगठकका रुपमा एमालेमा परिचित छन् । उनी चाकडी होइन,आलोचनामा विश्वास गर्ने थोरै नेतामध्यका एक हुन ।

बिज्ञापन

नेतृत्वका गलत प्रविधिको खुलेरै आलोचना गर्ने सुरेन्द्र ०४३ सालमा पद्मरत्न तुलाधरको चुनावी अभियानसँगै राजनीतिमा होमिएका कीर्तिपुरका रैथाने हुन । ०५७ का बीएलका नेपाल टपर उनले संवैद्यानिक कानुनमा पीचडी उपाधि हासिल गरेका छन् । कानुन व्यवसाय, प्राध्यापन पेशा र राजनीति एकै साथ अघि बढाइरहेका सुरेन्द्र ०७० सालमा संविधानसभाका उम्मेद्धार थिए कीर्तिपुरबाट । उनी मैदानमा उत्रदा प्रचण्ड तेस्रो हुँदा सुरेन्द्र दोस्रो भएका ।

कांग्रेसका राजन केसीले चुनाव जितेको ठाउँ हो त्यो । कुनै समय एमालेको लालकिल्ला मानिएको यो ठाउँ अहिले काँग्रेसकै पोल्टामा परेको छ । त्यहाँ े नेकपा माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अगाडि सारेको छ । काँग्रेसले उमेद्धार टुंग्याइसकेको छैन ।

एमालेले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

चुनाव सम्पन्न भए पछि मन्त्री अमेरिका जाने,अवकाश अघि सचिव विदेश घुमेर फर्कने

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

बिशेष