‘पूर्णबहादुरको सारंगी’को पाँच दिने कमाइ ४ करोड ८७ लाख

मंगलबारदेखि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको छेको पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि सिनेमाघरमा आएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको हो । तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । भारतीय चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर ब्यापार गरिरहँदा यसको फाइदा विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले उठाएको छ ।

बिज्ञापन

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विजय बराल स्टारर फिल्मको ५ दिने कमाइ सार्वजनिक गरेको छ ।१५ कात्तिक, विहिबार लक्ष्मीपूजाको दिनमा प्रदर्शनमा आएको फिल्मले १९ कात्तिक, सोमबारसम्म ४ करोड ८७ लाख ग्रस (४ करोड नेट) कमाइ गरेको छ । यो कूल कमाइबाट निर्मातालाई २ करोड नेट आम्दानी हुन्छ ।

बिज्ञापन

शीर्ष अभिनेताको रूपमा विजय बरालको यो पहिलो चलचित्रसमेत हो । यस चलचित्रमा बाबुछोराको कथा छ । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ ।
सरोज पौडेल निर्देशित यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष