राजस्व संकलनमा धक्का,तनावमा अर्थमन्त्री

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा राजश्व लक्ष्यको २० प्रतिशत समेत संकलन नभए पछि अर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन।
सरकारले चालु आर्थिक बर्षमा १४ खर्ब बढीको राजश्व उठाउने लक्ष्य राखेको भए पनि साउनदेखि यता कार्तिकसम्ममा २० प्रतिशत राजश्व समेत संकलन हुन सकेको छैन । त्यही कारण अर्थमन्त्री पौडेलले विभागीय सचिव,मातहतका हाकिमहरुलाई डाकेर सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताएका हुन । सरकारले कार्तिकसम्ममा २० प्रतिशत हाराहारीमात्र राजश्व संकलन गर्न सकेको छ ।

बिज्ञापन

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिएका हुन ।राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका हुन ।

बिज्ञापन

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष