मन्त्रीको कुस्तीतिर मन

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्।

बिज्ञापन

उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए ।

बिज्ञापन

मन्त्री गुप्ताले कुस्ती खेल हाम्रो पहिचान भएकोले यसको संरक्षण गर्न सरकारको दायित्व भएको बताए । उहाँले कुस्ती खेललाई संरक्षण गर्न गाँउ गाँउमा यस्ता प्रतियोगिताहरु संचालन गर्नुपर्ने धारणा राखे ।

कुस्ती खेलाडीको लडाईबाट सुरु भएको उद्घाटन कार्यक्रमलाई मन्त्री गुप्ताले रेबनको फिता काटी कुस्ती खेलाडी जोडी मिलाई औपचारिकता दिएका थिए।

बिज्ञापन

मन्त्री गुप्ताले यस्ता मेलाहरुमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री गुप्ताले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘अर्थतन्त्रमा नीजि क्षेत्रका योगदान महत्वपूर्ण छ। निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना गरेको हो’, उनले भने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

बिशेष