यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।
बिज्ञापन
भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य बढेको हुन सक्ने बताए । महँगी कारण ग्राहले पोहोरको तुलनामा कम भाइमसला किनिरहेको उनको अनुभव छ ।
बिज्ञापन
यसपालि मसलाको भाउ निकै महँगो छ, पोहोर सालको तुलनामा । त्यही भएर मानिसहरूले किन्न सक्दैनन् । पोहोर एक किलो लिने मानिसले यसपटक आधाकिलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यसपटक बिजनेस डाउन नै देखिन्छ,” उनले भने ।
भाई मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताए । यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको गुनासो गरेका छन् । उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन ।
बिज्ञापन
बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ ।
त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिव २५–३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।