झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया शुरु भएको छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची देखाएका थिए तर सर्ट लिष्टमा परे पाँच जना । पाँचमध्ये पनि तीन उमेद्धारले अन्तर्वार्ता प्रक्रिया बहिष्कार गरेसँगै प्रक्रिया लम्तान बन्न पुगेको थियो । यस अघि अन्तर्वार्ता बहिष्कार गरेका तीनै जना उमेद्धार आज अन्तर्वार्ताका लागि सिंहदरबार छिरेका छन् ।
बिज्ञापन
यस अघि एमाले र माओवादी सरकार हुँदा बर्षमान पुनको समयमा अगाडि बढेको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना अनुपस्थित भएका थिए । अध्यक्षका लागि कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित रहदा नियुक्ति प्रक्रिया लम्बेतान बन्न पुगेकोथियो । यस अघि नै मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठको प्रस्तुतीकरण समितिले हेरिसकेको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्री विदेश भएको मौका छोपेर अर्थ सचिवले धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइदिएका थिए ।
बिज्ञापन
गत ९ असोजमा निकालिएको विज्ञापनमा बाँकी तीन जना उमेद्धारलाई अन्तर्वार्तामा आउनका लागि आह्वान गरिएको थियो ।
अध्यक्ष रमेश हमालको ०८० पुस २० गते कार्यकाल सकिएपछि ९ महिनादेखि उक्त कुर्सी रिक्त छ । यसअघि प्रचण्ड सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला सम्मिलित समिति गठन गरेको थियो । उक्त समितिले १९ उम्मेदवारमध्येबाट पाँच जनालाई सर्ट लिष्टमा राख्यो । जसमा चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ थिए । जसमध्ये सन्तोष नारायण श्रेष्ठ दीपक भट्टका खास हुन् । सर्ट लिष्टमा छानिएकामध्ये माओवादीनिकट मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले अन्तर्वार्ता दिँदा डा अधिकारी, कार्की र चापागाईंले बहिष्कार गरेका थिए । अर्थमन्त्री चीनतिर उडेको पर्सिपल्ट धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएकोमा यस अघि अन्तर्वार्ता हापेका तीनै जना उमेद्धार अहिले प्रस्तुतिकरणका लागि सिंहदरबार पुगिसेका छन् ।
बिज्ञापन
अहिले छनोट समितिको संयोजक छन्, शिवराज अधिकारी, योजना आयोगका उपाध्यक्ष । सदस्य सदस्यमा डा रामप्रसाद घिमिरे र विज्ञ सदस्यको रुपमा उदय निरौला ।
सर्ट लिष्टमा परेका र यस अघि अन्तर्वार्ता बहिष्कार गरेकामध्ये नवराज अधिकारी,कृष्ण कार्की र यस अघि नै वीमा प्राधिकरण चलाएका चिरञ्जीवी चापागाईंले अन्तर्वार्ता दिन तीनैजना पुगेका छन् । जसअध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी हुन भने धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी दुबै कर्मचारी हुन । यसअघि, उनीहरूले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए । अहिले उनीहरु अन्तर्वार्ता दिन सिंहदरबार प्रवेश गरेको बताइएको छ ।