नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा,कागजपत्र बरामद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । अख्तियारको टोलीले छापा कागजातहरु बरामद गरेको छ ।

बिज्ञापन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले केहीबेरअघि छापा मारेर कागजपत्र बरामद गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान स्रोतका अनुसार त्यहाँ भवन निर्माणको क्रममा अर्बाै भ्रष्टाचार भएको उजुरी पछि अख्तियारले अनुसन्धानको सिलसिलामा कागजात माग गरेको थियो तर प्राधिकरणले माग गरिएका कागजात उपलव्ध नगराएपछि अख्तियारको टोलीले कार्यालयमा पुगेर छापा मारेर कागजात बरामद गरेको हो ।

बिज्ञापन

चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । यस अघि नै क्यानका डिजी प्रदीप अधिकारीमाथि पोखरा विमानस्थल बनाउँदा पनि अर्बौं घोटाला गरेको आरोप छ । त्यस सम्बन्धमा पटक पटक महानिर्देशक प्रदीप अधिकारीले अख्तियारमा पुगेर बयान दिएका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष