लाहुरेहरुको पैसामा बुढाथोकीको रजाई

गौरव बुढाथोकी कुनै बेला हेटौँडा वरपरका क्षेत्रमा बदनाम पात्रको रुपमा परिचित थिए । नेपाली काँग्रेसका जिल्ला सभापति इन्द्र बानियाँको व्यवसायमा लेखापालको जिम्मेवारीमा रहेको बेला बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनलाई एकाएक निकालिएको थियो ।

बिज्ञापन

उनै बुढाथोकी अहिले गोर्खा सैनिकहरुको अधिक लगानी रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार रुपैयाँ लगानी गरेर पब्लिकमार्फत् गोर्खाज फाइनान्स सञ्चालक समिति अध्यक्ष बनेका बानियाँको कारण ९३ प्रतिशत लाहुरेहरुको लगानी रहेको गोर्खाज फाइनान्स संकटउन्मुख देखिन्छ । गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ देखिन्छ ।

बिज्ञापन

नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिको निचोड छ, ‘सहकारीमा अपचलन भएको अधिकांश पैसा गोर्खा सैनिकहरुको हो ।’ फेरि उही बाटोमा लागेको छ, गोर्खाज फाइनान्स ।

कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरुको लोभलाग्दो संस्थाको रुपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाशप्राप्त गोर्खाहरु, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकासप्राप्त हजारौं लाहुरेहरुले लगानी गरेका थिए । तर राकेश अडुकियाको समूह उक्त बैंकमा हाबी भएपछि त्यसको खराब दिन सुरु भएको थियो । बैंकका तात्कालीन अध्यक्ष डिबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बनेका थिए । त्यही बैंक यसअघि समस्याग्रस्त बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेड बन्यो । प्रारम्भमा गोर्खाज फाइनान्सको अवस्था राम्रो थियो । तर बुढाथोकी छिरेपछि धरापमा परेको हो । अध्यक्ष बुढाथोकीले फाइनान्सलाई राम्रो गरेर लगानीकर्ताहरुलाई लाभांस दिने भन्दा पनि फाइनान्सभित्र व्यवस्थापन र कर्मचारीहरुबीच गुटबन्दी गर्ने, लगानीकर्ताहरुलाई पटक पटक निरुत्साहित गरेको बताइन्छ । सिङ्गापुरबाट अवकाशप्राप्त एक अधिकृतले भने, ‘मैले करोडभन्दा बढी लगानी गरेको छु, मेरो पेन्सन पनि त्यहाँको खातामा आउँछ । तर अध्यक्षले फाइनान्समा राजनीतिक दलमा जस्तो परिपाटी सुरु गर्नुभयो ।’

बिज्ञापन

अध्यक्ष बुढाथोकीले सुरुमा सिइओ सन्तोषकुमार घिमिरेलाई प्रभावमा पारेर मनपरी गर्न खोजेका थिए । तर घिमिरले उनलाई साथ नदिएपछि घिमिरेविरुद्ध नै उत्रिए । ‘बुढाथोकीकै दबाबमा सिइओ घिमिरेलाई राजीनामा दिन बाध्य बनाउँदै अहिले आफू अनुकुलको सिइओ ल्याउने तयारी थालिएको छ,’ स्रोतले भन्यो ।

फाइनान्समा ९३ प्रतिशत लाहुरे र बाँकी मारबाडी समुदायको लगानी छ । तर बुढाथोकीले ती दुबै समूहलाई निर्णय प्रक्रियाबाट पूर्णतः अलग गरेर आफू अनुकुलको सिइओ ल्याउने तयारी गरेपछि परिस्थिति जटिल बन्दै गएको हो ।

लाहुरेहरु आक्रोशित

बुढाथोकीको मनपरीले सीमा नाघेपछि ९३ प्रतिशत लगानीकर्ता लाहुरेहरु आक्रोशित हुनु स्वाभाविक हो । उनीहरुले फाइनान्सको नेतृत्वमा आमूल सुधार र परिवर्तन नगरिए लगानी फिर्ताको अडान राखेका छन् । स्रोतका अनुसार त्यसका लागि काठमाडौं, धरान, पोखरा, हङकङ र सिङ्गापुरमा बेग्ला बेग्लै समूह खडा भएको छ । अध्यक्ष बुढाथोकीविरुद्ध नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायहरुमा कारबाहीको माग गर्दै जाने उनीहरुको तयारी छ । सरकारी निकायले कारबाही प्रक्रिया अघि नबढाए लाहुरेहरुले आफ्नो लगानी अरु नै बैंकमा सुरक्षित गर्ने तयारीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष