लोकसेवाले खोलेका दुई दर्जन विज्ञापनमा आवेदन शून्य

लोकसेवा अयाोगले गत बर्ष खुलाएका दुई दर्जन विज्ञापनमा आवेदन नै नपरेको भेटिएको छ । आयोगका अनुसार, गत आर्थिक वर्षमा लोक सेवा आयोगले खुलाएका १ हजार ४ सय ५५ विज्ञापनमध्ये २४ वटा विज्ञापनमा कुनै आवेदन नपरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै नपरेको हो । नेपाल इन्जिनियरिङ सर्भे, सेवा समूहका ६ वटा विज्ञापन नेपाल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र निर्माण उपकरण सम्भार गरी तीन जनाको दर्खास्त माग गरिएकोमा ती विज्ञापनमा कुनै आवेदन नपरेको आयोगले जनाएको छ ।

बिज्ञापन

यस्तै आयोगले नेफ्रोलोजी सेवाअन्तर्गत प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट ११औँ तहका लागि २ जनाका लागि दरखास्त खुलाएको थियो तर सो विज्ञापनमा समेत कुनै आवेदन परेन । त्यस्तै, अप्थल्मोलोजी सेवाको ११औँ तहको प्रमुख कन्सल्टेन्ट अप्थल्मोलोजिस्टमा पनि आवेदन परेन ।

नवौँ तहका मेडिसिन नेफ्रोलोजी सेवाको सन्सल्टेन्ट नेफ्रोलोजिस्ट, मेडिसिन न्युरोलोजी सेवाको कन्सल्टेन्ट न्युरोलोजिस्ट, कार्डियोलोजी सेवाको कन्सल्टेन्ट कार्डियोलोजिस्ट, ट्रपिकल मेडिसिन सेवाको ट्रपिकल मेडिसिन, चेस्ट डिजिजेज समूहको चेस्ट डिजिज, मेडिकल अंकोलोजी सेवाको मेडिकल अंकोलोजिस्ट, फरेन्सिक समूहको फरेन्सिक मेडिकल अधिकृत, कार्डियोथोरासिक सर्जरी समूहको कार्डियोथोरासिक सर्जन, बर्न प्लास्टिक सर्जरी समूहको प्लास्टिक सर्जन, किड्नी ट्रान्सप्लान्ट सर्जरी समूहको किड्नी ट्रान्सप्लान्ट सर्जन, पेडियाट्रिक्स निओनेटोलोजी समूहको निओनेटोलोजिस्ट र जनरल ल्याब टेक्नोलोजी समूहको उपप्रमुख ल्याव टेक्नोलोजिस्ट पदमा कुनै आवेदन नपरेको आयोगले जनाएको छ।
यी विज्ञापनमा अहिलेमात्र होइन २०७७/ ७८ मा समेत ७७ पदमा, ०७६/७७ मा २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५/ ७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ११ वटा पदमा दरखास्त नपरेको  आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष