पावरफुल अधिकृत,डरछेरुवा हाकिम

निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा एउटै कार्यालयमा दुई बर्षसम्म राख्न भन्दछ तर यस्ता ऐनको बर्खीलाप हुने गरी कर्मचारीको निरन्तर सरुवा भइरहेको छ । कोही कर्मचारी तीन चार महिना त केही बर्ष दिनमै भकुण्डो बनाइन्छन् ।निजामती कर्मचारी प्रशासनले दुई दुई वर्षमा कर्मचारी सरूवा गर्दछ, तर यिनी किन अपवादमा पर्दछन् ? तर केही यस्ता पावरफुल कर्मचारी छन्,जो दुई चार बर्ष होइन सोह्र बर्षदेखि एउटै कार्यालयमा रजगज गरेर बसिरहेका छन् । १६ बर्षदेखि एउटै कार्यालयमा टिकिरहेका ती रेञ्जरलाई चलाउने कुनै डिएफओले तागत निकाल्न सकेका छैनन् ।सरुवाको सिजन शुरु भएसँगै उनको दौड शुरु हुन्छ,पाल्पाबाट प्रदेश मुख्यालयतिर । असार साउन मास लागेपछि उनी पाल्पाबाट तीन चार पटक सदरमुकाम झरेर आफ्नो थमौती सोेही कार्यालयमा गराउन चलखेल गर्ने गरेको कर्मचारी वृत्तमा टिप्पणी सुनिन्छ ।

बिज्ञापन

साउन र भदौ महिना कर्मचारी सरूवा, बढुवाको समय । त्यही कारण सरुवा रोक्न उनी बुटवल, दाङ र तानसेन पटकपटक जाउआउ गर्ने गरेको कर्मचारीहरु बताउँछन् । यस्ता पावरफुल अधिकृत हुन यामलाल पोखेरेल । उनी जिल्ला वन कार्यालय पाल्पामा २०६५ सालदेखि कार्यरत छन् । त्यहाँका हाकिम छन् नारायण भट्टराई उनले ती अधिकृतलाई चलाउने हिम्मत गर्न सकेका छैनन् । अर्घाखाँचीका मान्छे, रेञ्जर जस्तो सानो तहको जागिरले पाल्पामा अलिसान बंगला ठडाएका छन् । कर्मचारीहरु नै प्रश्न गर्दछन्,अर्घाखाँचीको सामान्य परिवारमा जन्मिएका पोखरेलको रेञ्जर पदमा जागिर खाएर तानसेनमा आलिसान घर, घरभित्रको डेकोरेशन र विलासी सामान हेर्दा थाहा हुन्छ, उनी असामान्य गतिविधि गर्दछन् ।

बिज्ञापन

रेञ्जर जस्तो सानो पदको मान्छेले यसरी अलिसान बंगला कसरी ठडाउन सक्छ ? अख्तियार र सम्पत्ति शुद्धीकरणजस्ता विभाग के हेरेर बसिरहेको छ ? त्यहाँका कर्मचारीहरु उनीमाथि सामुदायिक वनभित्रको ढलापढाका नाममा सयौं क्यु फिट काठ अनधिकृत रूपमा निकासी गराउने गरेको आरोप लगाउँछन् ।

यस्का अलवा कानुनविपरीत वन विज्ञान अध्ययन संस्थान हेटौंडामा नियमित पढ्ने गरेका पोखरेलले डिभिजन वन कार्यालय पाल्पामा हाजिर भई सरकारी कामकाज गर्दै आएका छन् । उनीमाथि कार्यालयको फाइल उठाउने, टिप्पणी लेख्ने, सम्झौतालगायतका कागजपत्र बनाएर हाकिमको चाकडी गर्न सिपालु रहेको आरोप छ ।  यी रेञ्जरलाई चलाउन नसक्ने डिएफओ र कार्यालय प्रमुख डरछेरुवा होइनन् र ? भन्छन् सोही कार्यालयका कर्मचारीहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

बिशेष